Logo

निक्षेप सेवा विनियमावली संसोधन, घरायसी तथा मृत्यु पश्चात सेयर नामसारी गर्न नेप्सेको सहमति नचाहिने

निक्षेप सेवा विनियमावली संसोधन, घरायसी तथा मृत्यु पश्चात सेयर नामसारी गर्न नेप्सेको सहमति नचाहिने



काठमाडौं । घरायसी तथा मृत्य भएका व्यक्तिको सेयर नामसारी गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सहमति नचाहिने भएको छ । यस अघि त्यस्ता प्रकृतिका सेयर नागसारी गर्दा नेप्सेको सिफारिस चाहिने गरेकोमा धितोपत्र बोर्डले निक्षेप सेवा विनियमावली २०६८ मा तेस्रो संसोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न र मृत्यु पश्चातको धितोपत्र नामसारी गर्न सम्बन्धित निवेदकले विनियमावलीमा तोकिए बमोजिमको फारम भरी निक्षेप सदस्यकोमा सम्वन्धित कागजात सहित निवेदन दिनुपर्नेछ । त्यसरी दिइएको निवेदनलाई रुजु गरी सिडिएससीको प्रणालीमा प्रविष्टि गरिनेछ । निक्षेप सदस्यले प्रणालीमा प्रविष्टी गरे पश्चात प्रणालीबाट उपलब्ध हुने विवरण सहित निवेदन तथा संलग्न सम्पूर्ण कागजात आवश्यक कारवाहीका लागि सिडिएससीमा पेश गर्नुपर्ने छ ।

त्यस्ता निवेदनलाई सिडिएससीले आवश्यक जाँचबुझ गरी हकदाबीको लागि सिडिएससीको वेवसाईडमा ३५ दिनको सुचना प्रकाशित गर्ने छ । त्यसरी सुचना प्रकाशित गरेपश्चात सेयर धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरण गर्दा सो धितोपत्रसँग सम्बन्धित बोनस तथा लाभाँश लगायतका लाभहरु समेत हकवालाको नाममा हस्तान्तरण हुनेछ ।

सो व्यवस्थाबाट बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल, मर्चेन्ट वैंकर तथा तिनका शाखाहरुमार्फत देशै भरीवाट डिपि सेवा प्रदान भइरहेको हुँदा सुचीकृति सेयरको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया अत्यन्त सरल, सहज तथा व्यापक भई लगानीकर्ताहरु लाभान्वित हुने बोर्डको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL