Logo

नेप्से ५० अंकले बढ्दा पनि १२ कम्पनीका लगानीकर्ताले गुमाए, सबा अर्बको कारोबार

नेप्से ५० अंकले बढ्दा पनि १२ कम्पनीका लगानीकर्ताले गुमाए, सबा अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक नेप्से परिसुचक ३ दशमलव ६१ प्रतिशतले बढेको छ । आईतबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक बन्द हुँदा ५० अंकले बढ्दै १ हजार ४ सय ३८ अंकमा पुगेर अडिएको छ ।

बजारमा सबै समुहका परिसुचक उच्च रुपमा उकालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा सहुको परिसुचका उचालिएको छ । सो समुहको परिसुचक ३ सय ५३ अंकले बढ्दा बजारमा बढि प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक पनि ३९ अंकले बढ्न पुगेको छ र
यसैगरी बजारमा माइक्रोफाइनान्स समुहको परिसुचक १ सय अंकले बढेको छ भने विकास बैंक समुहका पनि ६१ दशमलव ६६ अंकले बढेको छ । यस्तै, जलविद्युत समुहको परिसुचक ८९ दशमलव ८८ अंकले बढ्दा होटल समुहको परिसुचक ६५ अंकले बढ्न पुगेको छ ।

बजारमा कारोबार पनि धेरै समयपछि सबैभन्दा बढि भएको छ । आईतबार करोबार रकम उच्च रुपमा बढ्दै १ अर्ब २३ कारोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ६७ कम्पनीको २८ लाख ८९ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजार उच्च रुपमा बढ्दा पनि १ दर्जन कम्पनीको सेयर मूल्य भने घटेको छ । बजारमा नेप्से परिसुचक उच्च रुपमा उचालिँदा छ्याङ्दी हाइड्रो पावर, न्यादी ग्रूप पावर, सिनर्जी पावर डेभलपमेन्ट, सिर्जना फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, खानीखोला हाइड्रोल, एनआईबीएल प्रगगि फण्ड, नविल इक्वीटी फण्डगायत १२ कम्पनीको सेयर मूल्य ओरालो लागेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL