Logo

इन्भेष्टर्स फोरमको अपिलले धानिएन नेप्से, किन ओरालो लाग्दैछ बजार ?

इन्भेष्टर्स फोरमको अपिलले धानिएन नेप्से, किन ओरालो लाग्दैछ बजार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले घट्दो बजारको बारेमा सम्बद्ध सरोकारवाला नियकाको ध्यानाकर्षण गराएपनि बजार ओरालो लाग्ने क्रम भने रोकिएन । विज्ञप्ती जारी गरेर लगानीकर्तालाई साबधानी अपनाउन अपिल गरेको पहिलो दिन बजारमा केही आशा पलाएपनि त्यसको भोलीपल्ट नेप्से परिसुचक २१ अंकभन्दा बढीले ओरालो लागेको छ ।

इन्भेष्टर्स फोरमले बजारमा अधिक तरलता रहेको र पछिल्लो समय ब्याजदर पनि सोही अनुरुप घटेका कारण लगानीकर्तालाई बिचलित नहुन अपिल गरेको थियो । फोरममा संलग्न केही ठूला लगानीकर्ताले बिचलित नहुन आग्रह गरेपनि साना लगानीकर्ताहरुले भने घटेर भएपनि सेयर बिक्री गर्न थालेका हुन् ।

नेप्सेमा सुचिकृत कम्पनीले धमाधम नगद तथा बोनस सेयरको घोषणा गरिरहँदा बजार घट्नु आश्चर्यजन भएको एक लगानीकर्ताले बताए । ‘कम्पनीहरुले बोनस घोषणा गर्दा बजार बढ्नुपर्ने हो,’ उनले भने, ‘तर त्यसको ठिक विपरित बजार घटिरहेको छ ।’

सरकारको प्रतिवद्धता अनुरुप ब्रोकरमार्फत मार्जिङ लेण्डिङको काम शुरु नहुनु, बैंकलाई ब्रोकर लाइसेन्स दिनु कुरा अघि नबढ्नु, अनलाईन कारोबारको सुनिश्चितता नहुनु, गैर आवासीय नेपालीलाई बजारमा सोझै प्रवेशको सुविधान नदिनुजस्ता कार्यले गर्दा बजारप्रति लगानीकर्ताको मनोवल घट्न गई दैनिकजसो बजार घटिरहेको इन्भेष्टर्स फोरमको आरोप छ । साथै नेपाल स्टक एक्स्चेञ्जमा लामो समयदेखि खाली रहेको महाप्रबन्ध समेत नियुक्त गर्न नसक्दा बजारमा असर परेको इन्भेष्टर्सको तर्क रहेको छ ।

मंगलबार बजारमा अतिरिक्त बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा कम्पनीको १ सय ८५ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १८ अंकभन्दा बढीले घट्न पुगेको छ ।

बजारमा विकास बैंक समुहको परिसुचक झण्डै ३० अंकले घटेको छ भने फाइनान्स समुहको परिसुचक पनि १४ अंकभन्दा बढीले ओरालो लागेको छ । यसैगरी होटल समुह ४२ अंक र जलविद्युत समुहको परिसुचक १४ अंकभन्दा बढीले घटेका छन् ।

बजारमा कारोबार रकम पनि बढ्न सकेन । दिनभर कुल ५६ करोड ९८ लाख रुपैयाँ बराबरको मात्र सेयर खरिदबिक्री भएका छन् । मंगलबार १ सय ५३ कम्पनीको १० लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको साढे ३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL