Logo

खुल्यो सेयर कारोबार, खुलेको ४० मिनेटमै सर्किट ब्रेक लाग्दा २० मिनेट कारोबार स्थगित

खुल्यो सेयर कारोबार, खुलेको ४० मिनेटमै सर्किट ब्रेक लाग्दा २० मिनेट कारोबार स्थगित



काठमाडौं । आजदेखि नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार सुरु गरेको छ । पछिल्लो ३ महिनादेखि स्थगित सेयर कारोबार सोमबारदेखि पुनः सुरु भएको हो । कारोबार समय १ घण्टा घटेको सेयर बजारमा अन्य व्यवस्था भने पुरानै व्यवस्थाअनुरुप हुँदैछ ।

laxmi

नेपाल धितोपत्र बोर्डले आईतबार सेयर कारोबार संचालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । सोही अनुसार नेप्से संचालक समितिले आईतबार साँझ कारोबार समयलाई १ घण्टा घटाएर पुरानै व्यवस्थाअनुरुप अर्थात एक दिनमा ६ प्रतिशतले कारोबार घटेमा वा बढेमा सर्किट ब्रेकर लागेर दिनभर कारोबार स्थगित हुने र कारोबार सुरु भएको १ घण्टाभित्र ४ प्रतिशतले कारोबार बढे वा घटेमा २० मिनेट कारोबार स्थगित हुनेछ ।

सोही अनुसार आईतबार बजार खुलेको ४० मिनेटमै बजार ४ प्रतिशतले घट्दा २० मिनेट कारोबार स्थगित भएको छ । बजार खुलेको ४० मिनेटमा ४ प्रतिशतले बजार ओरालो लागेको हो ।कारोबारमा आएका सबै समुहगत परिसुचकहरु ओरालो लागेका छन भने हालसम्म ४८ दशमलव १७ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL