अहिले सेयर बजार खोल्नु भनेको लगानीकर्ताको मर्ममाथी प्रहार गर्नु हो : अम्बिकाप्रसाद पौडेलको लेख

ambika prasad pokhrel

अहिले विश्व अर्थतन्त्र कोरोना भाइरसको महामारीले गर्दा आम ब्यक्तिले सोचे भन्दा ठुलो पिडामा छ । जसरी कोरोना भाइरसले मानव निर्मित भूगोलको रेखालाई सजिलै पार गरि मानवीय क्षती गरिरहेको छ त्यसै गरि अर्थतन्त्रको आकार र कोरोनाको फैलावटको आकार अनुसार सबै देशको अर्थतन्त्रलाई असर गर्दैछ । जसरी कोरोना भाइरसको बढि असर बृद्ध र रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुमा छिटो देखिएको छ त्यसरी नै अर्थतन्त्रको मापकको रुपमा रहेको सबै भन्दा संवेदनशिल पूँजी बजारमा यसको तत्काल असर देखा परि सकेको छ ।

खरबौ खरब डलर विश्व पुँजी बजारबाट रातारात उडि सकेको छ यसको रफ्तार कोरोनाको भन्दा तेजी रहेको छ । बिगत ३ बर्ष देखि बिरामी भई भरखरै तङरिन लागेको नेपालको पुँजी बजारलाई समेत कोरोनाले ठुलो झड्का दिई सकेको छ । यस अर्थमा विश्व पुँजी बजारका लगानीकर्ताहरु दुई वटा डरलाग्दो संक्रमण कोरोनाको फैलावट र पुँजी बजारको गिरावटसँग लड्नु पर्ने देखिन्छ ।

७५ प्रतिशत भन्दा बढि बैंक तथा बित्तीय संस्थाहरुको हिस्सेदारी रहेको पुँजी बजारमा तिनै संस्थाहरुको गिर्दो बित्तीय अवस्थाले पुँजी बजारमा आर्को भयंकर सुनामी आउन सक्छ ।

सरकारले अहिले सात दिनको लागि आम नागरिकलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । यसको तत्काल असर ठुला ठुला होटल चलाउने, आकाशमा जहाज उडाउने, बाटोमा गाडि गुडाउने, ठुला ठुला फिल्म बनाउने र देखाउनेलाई परिसकेको छ भने अन्य क्षेत्रमा क्रमस यसको असर बढोत्तरी हुदै गएको देखिन्छ । फलस्वरुप आगामी दिनहरुमा उधोग, ब्यापार, ब्यबसाय तथा सेवा क्षेत्रमा आएको गिरावटको असर बैंक तथा वित्तीय क्षेत्रमा नराम्रोसँग पर्ने देखिन्छ ।

नेपालको अर्थतन्त्र भरर्खर बामे सर्दै गरेको बर्तमान अबस्थामा सबै प्रकारका उधोग ब्यबसायहरु बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिएर चलेका छन् । यदि यहि अवस्था केही समयसम्म रहिरहने हो र सरकारबाट समयमा नै ठोस कदम नचाल्ने हो व्यवसायीले किस्ताको त कुरै छाडौं ब्याज समेत तिर्न नसक्ने अवस्था आउने छ । यसले एकातिर ब्यबसायीहरुको अस्तित्व नै संकठमा पर्ने देखिन्छ भने आर्कोतिर ७५ प्रतिशत भन्दा बढि बैंक तथा बित्तीय संस्थाहरुको हिस्सेदारी रहेको पुँजी बजारमा तिनै संस्थाहरुको गिर्दो बित्तीय अवस्थाले पुँजी बजारमा आर्को भयंकर सुनामी आउन सक्छ ।

लकडाउनको कारण उधोग, ब्यापार ब्यवसायहरु बन्द गर्नु परेको छ , रोजगारीबाट धेरैले हात धुनु पर्ने अवस्था सृजना हुदै छ , राजस्वको ठुलो हिस्सा दिनानुदिन गुमेको छ फेरि पनि लकडाउनको समय बढाउनै परेको छ । यसरी नचाहदा नचाहदै पनि यि सबै गर्नु परेको सारभुत कारण अरु समस्याहरु जे जस्ता आए पनि जुधौला हेर्दै गरौला तर यो बिपत्तिमा सबै भन्दा ठुलो कुरा जनताको जिउको सुरक्षा गर्नकै लागि गर्नु परेको हो । तसर्थ राज्यले सर्बप्रथम जनताको जिउ र त्यस पछि मात्र धन भन्दो रहेछ । संसारमा जिउ भन्दा ठुलो आर्को केहि रहेनछ भन्ने चेतना २१ औं शताब्दीको मानवलाई कोरनाले पुन स्मरण गराएको छ ।

अब रह्यो, कोरोनाका महामारी विचको हाम्रो पुँजी बजारको प्रसंग, नेपालको पुँजी बजार केही समयअघि अर्थात गत सोमबार सम्म कोरोनाको मनोबैज्ञानिक त्रासले उच्च रुपमा घटी १६६८ को उच्च बिन्दुबाट केहि दिनको अन्तरमा १२५१ को बिन्दुमा झरी धितोपत्र बोर्डको निर्देशनमा ५ कार्य दिन सम्मको लागि रोकिएको छ । केहि दिनको अन्तरालमा २५ प्रतिशतको गिरावट आउनुको प्रमुख कारण मनोबैज्ञानिक त्रास नै हो । नेप्से परिसुचक अहिले पिडादायी अवस्थामा आईपुगेको छ । कोरोनाको त्रासमा बसीरहेका पुँजी बजारका लगानीकर्ताहरुलाई फेरि अर्को त्रास थपिएको छ । आगामी एक हप्ता देखि बन्द बजार खोल्ने र नखोल्ने । खोलेमा के हुन्छ अनि नखोलेमा के हुन्छ । कतिपयले विश्व पुँजी बजार चलायमान रहेको अवस्थामा नेपालको पूँजी बजार पनि खोल्नुपर्छ भन्ने धारणा अघि सारेका छन् भने कतिपय नेपालको पुँजी बजार पूर्णरुपमा अनलाइनम नगैसकेकोले भौतिकरुपमा मानवीय उपस्थिति विना संचालन गर्न सकिदैन भन्ने बहसमा छ ।

अहिले विश्वका जतिपनि पूँजी बजार खुलेका छन् ती पूर्ण रुपमा प्रविधि मैत्री रहेको छ । तर नेपालको पूँजी बजार सेयर खरिदबिक्रीका लागि मात्र अनलाईन प्रणाली हो । त्यसमा पनि धेरै लगानीकर्ता अभ्यस्त भैसकेका छैनन् । सिमित लगानीकर्ता मात्र अनलाईन प्रविधिको पहुँचमा छन् ।

अहिले विश्वका जतिपनि पुँजी बजार खुलेका छन् ती पूर्ण रुपमा प्रविधि मैत्री रहेको छ । तर नेपालको पुँजी बजार सेयर खरिदबिक्रीका लागि मात्र अनलाईन प्रणाली हो । त्यसमा पनि धेरै लगानीकर्ता अभ्यस्त भैसकेका छैनन् । सिमित लगानीकर्ता मात्र अनलाईन प्रविधिको पहुँचमा छन् । अनलाईनबाट सेयर खरिदबिक्रीको अर्डर गरेपनि नामसारी तथा क्लियरिङको लागि ब्रोकर अफिसमै धानुपर्ने बाध्यता छ । साथै धेरैजसो लगानीकर्ताको सेयर मार्जिन कर्जाका लागि बैंकहरुमा बन्धक भएर बसेको अवस्थामा त्यस्ता सेयर बिक्री गरेपनि सम्बन्धित बैंकमै गएर फुकुवा गर्नुपर्ने अवस्था छ ।

एउटा उधारण लिउ, म अनलाइनबाट आफ्नैै युजरनेम र पासवोर्ड लिएर कारोबार गरिरहेको लगानीकर्ता हुँ । मानौ मंगलबार बजार खुल्यो । मलाई लाग्यो कोरोनाको असर लामो हुने भयो, बैंकबाट लिएको ऋण नविकरण गर्ने समय पनि आउन लागेको छ,यो ऋण नविकरण गर्नु भन्दा जे जति घाटा नाफामा भए पनि सेयर बचेर हिसावकिताव मिलाउने मनासायले घरैमा बसेर १००० कित्ता सेयर बेचे । सेयर बेचे पछि सर्बप्रथम म ऋण लिएको बैंकमा सेयर फुकुवा गर्नको लागि निवेदन सहित उपस्थित हुनु पर्याे । सो बैंकले आवश्यक प्रक्रिया पुरा गरि सके पछि सो बैंकको पत्र बोकेर ऋण दिने बैंकको डिम्याट रहेको संस्थामा गई अर्को फुकुवा लिनु पर्याे । यति गररे निर्देशन पुर्जि काटी सके पछि सो पुर्जि लिएर कारोबार गरेको ब्रोकर अफिसमा गई सो पुर्जि ब्रोकरलाई दिनु पर्दछ ।

यदि दोस्रो बजारको कारोबार खुल्ला गरिएको अवस्थामा ५० ब्रोकर त्यतिकै रहेका तिनिहरुका शाखा, निक्षेप बैंक र मर्चेन्ट बैकर, प्रति दिन हुने न्यूनतम कारोबार संख्या २० हजारमा सहभागी हुने लगानीकर्ता । के यो संभव छ त ?समयमा नै नियमक निकायहरुले सोच्नु पर्ने अवस्था छ ।

ग्राहकबाट प्राप्त निर्देशन पुर्जिमा ब्रोकरले आफ्नो पुुल खाता नम्बर र रापसाप तथा फछ्र्यौट नम्बर उल्लेख गरेर विक्रेताको डिम्याट खाता भएको कम्पनीमा गएर आफ्नो खातामा ल्याउछ र सो सेयरको खरिद बिक्रि कार्यको सापसाप गर्दछ । यति भैसके पछि ब्रोकरले कारोबार भएको चौथो दिन बिक्रेताको नाममा चेकबाट भूक्तानी दिन्छ । चेक लिनको लागि पुनः बिक्रेता ब्रोकर अफिस जानु पर्दछ सो चेक लिएर बैंक जम्मा गर्न जानु पर्दछ । यसरी एक जना लगानीकर्ताले घरैमा बसि अनलाईनबाट कार्य गर्दा भौतिकरुपमा आफै बिभिन्न निकायहरुमा उपस्थित भै कार्य गर्नु पर्ने देखिन्छ । यदि ऋण मै नरहेको सेयर नै बिक्रि गर्नु पर्ने अवस्थामा समेत लगानीकर्ता, ब्रोकर र बैंक कर्मचारीहरुको भौतिक उपस्थिति विना असंभव छ । तसर्थ कोरोनाको महामारी नियन्त्रण नभए सम्म पूँजीबजार खोल्नु भनेको सरकारको घोषित लकडाउन नीतिको बिपरित हो । यदि दोस्रो बजारको कारोबार खुल्ला गरिएको अवस्थामा ५० ब्रोकर त्यतिकै रहेका तिनिहरुका शाखा, निक्षेप बैंक र मर्चेन्ट बैकर, प्रति दिन हुने न्यूनतम कारोबार संख्या २० हजारमा सहभागी हुने लगानीकर्ता । के यो संभव छ त ?समयमा नै नियमक निकायहरुले सोच्नु पर्ने अवस्था छ ।

अहिले पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताका फोरमहरु तथा सरोकारवाला संस्थाहरु र स्वयं लगानीकर्ताहरुले नै सेयर कारोबार कोरोनाको प्रकोपले आक्रन्त रहेको अवस्था सम्म खुला गर्न हुन्न भन्ने माग अघि सारिरहेका छन् । लगानीकर्ताहरुकै माग विपरित लगानीकर्ताहरु कै लागि संचालित बजार कसको स्वार्थका लागि खोल्ने भन्ने प्रश्न लगानीकर्ताबाटै उठिरहेको छ । यस्तो अवस्थामा दोस्रो बजारको कारोवार खोल्नु भनेको लगानीकर्ताको मर्म र भावना माथी प्रहार गर्नु हो ।

संसारको विकसित तथा सर्बसम्पन्न भनिएका राष्ट्रहरु समेतलाई यो महामारीले धम्काई रहेको बर्तमान अवस्थामा हाम्रा सारा प्रयासहरु यो अदृष्य भाईरससँग लड्न केन्द्रित हुनु आवश्यक छ । अहिले कारोवार खुल्ने वा नखुल्ने बहस गरि रहनु र सो को लागि भेला मिटिङ गरि रहनु भन्दा दैनिक ज्यालादारी गरेर जिवन निर्बाह गरिरहेका बर्ग, थरमसमा चिया बोकेर गुजारा गरेका वर्ग, डोको र नाङलोमा तरकारी बेचेर गुजारा गरिरहेको वर्ग, ब्यस्त शहरमा ६० को उमेर काटेर पनि गरुंगा भारी बोक्न नपाएर छट्पटाईरहेको वर्ग, साउको टेलागाडा, रेक्सा, ट्याक्सी चलाएर गुजारा गरिरहेका वर्ग, १८ घण्टा मजदुरी गरेर आफ्नो सन्तानको सुन्दर भविष्यको कल्पना गरिरहेका वर्गको लागि केन्द्रित हुनु जरुरी छ । तसर्थ बर्तमान समयमा राज्य संचालकहरु तथा हुनेखाने वर्गले हुदाखाने वर्गको न्यूनतम आबश्यकता पुरा गर्न र आम नागरिकलाई कसरी यो महामारीबाट जोगाउने भन्नेमा बिषयमा केन्द्रित हुनु जरुरी छ । तर यसो भन्दै गर्दा सर्बसाधारण लगानीकर्ताको भावनालाई प्रोत्साहित गर्ने कार्यहरुलाई अघि नबढाउनु भन्ने होइन ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status