Logo

डिशहोममा अब कोरियन गीत तथा सिरिज हेर्न पाईने

डिशहोममा अब कोरियन गीत तथा सिरिज हेर्न पाईने



काठमाडौं । डिशहोममा अब कोरियन गीत तथा सिरिज हेर्न पाईने भएको छ । डिशहोमले विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहेकाले त्यसको प्रशारण गर्ने जानकारी दिएको हो ।

laxmi

कम्पनीका अनुसार नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले के वल्र्ड च्यानल सुरु गर्न लागेको हो ।

कम्पनीका अनुसार ११३ नं. च्यानलमार्फत के पप, माई लिटल बेबी, रिचमन, कीङ ईन लभ लगायत कोरियन गीत र सिरिज प्रशारण गरिने छ ।

उक्त च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । यस्तै डिशहोमको गो एपमा समेन उक्त्न च्यानल हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL