Logo

सेजन डेमा गभर्नरको आक्रोसः अब सस्तो ब्याजमा गाडि खरिदबिक्री गर्ने सोच त्याग्नुस, दुई आर्थिक पत्रकार पुरस्कृत

सेजन डेमा गभर्नरको आक्रोसः अब सस्तो ब्याजमा गाडि खरिदबिक्री गर्ने सोच त्याग्नुस, दुई आर्थिक पत्रकार पुरस्कृत



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अबका दिनमा गाडि खरिदका लागि सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउन नसकिने बताए । राज्यले उत्पादन र निर्यातलाई प्राथमिकता दिएको भन्दै सवारीसाधन खरिदबिक्री जस्ता क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन नसकिने बताएका हुन् ।

‘हामीले विश्वमै नभएको पुनर्कर्जाको व्यवस्था गर्दै उद्योगहरुलाई सुविधा दिँदै आएका छौं भने निर्यात उद्योगमा १ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छौं,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औं स्थापना दिवस तथा अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले भने, ‘उद्योगी व्यवसायीहरु पनि अब समयको माग अनुरुप चल्न सक्नुपर्छ ।’

साथै पछिल्लो समय वित्तीय क्षेत्रलाई अगाडि बढाउन विश्वमा भएका अभ्यासहरुलाई अलम्बन गरिएको जानकारी दिँदै सोही अनुरुप बैंकका अध्यक्ष तथा प्रमखु कार्यकारी अधिकृतहरुको उमेरहद तोकिएको जानकारी दिए ।

साथै केही समय पहिलो बैंक सञ्चालकमा को आउँछ सीईओमा को आउँछ भन्ने कुरा नै केन्द्रिय बैंकलाई थाहा नहुने भन्दै गत बर्षदेखि बैंक संचालक समितिको अध्यक्षलाई राष्ट्र बैंकले सपथ खुवाउन थालेको बताए ।

दुई आर्थिक पत्रकार पुरस्कृत

सेजन डेका अवसरमा २ जना आर्थिक पत्रकारलाई पुरस्कृत गरिएको छ । बर्षभरीको उत्कृष्ट रिपोर्टिङका आधारमा छापाबाट मातृका दाहाल र विद्युतीय माध्यबाट केदार दाहाललाई ५०/५० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।

यसैगरी यस बर्षको फेलोसिप रमेश कुमार र राजु वास्कोटाले प्राप्त गरेका छन्।

साथै सेजनले लामो समयदेखि आर्थिक पत्रकारित गरिरहेका रामप्रसाद दाहाल, नितु पण्डित, शिव दुवाडी र जुनारबाबु बस्नेतलाई समेत सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL