Logo

इसेवाको दशैंतिहार उपहार योजनाका विजेता सार्बजनिक, विजेताले पाए एफजेड मोटरसाईकल

इसेवाको दशैंतिहार उपहार योजनाका विजेता सार्बजनिक, विजेताले पाए एफजेड मोटरसाईकल



काठमाडौं । पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेता सार्बजनिक गरेको छ । उक्त योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यमाहाको एफजेडएस एफआइ भिथ्रि मोटरसाइकल जित्न सफल भएका हुन ।

laxmi

यसैगरी अर्को बम्पर उपहारमा काठमाडौ रामकोटका किरण घलेले एक साताको लागि एक जोडिलाई दुवई ट्रिप जित्न सफल भएका छन् । सोमबार बम्पर उपहार विजेता सार्बजनिक गरिएको हो ।

उक्त योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्दै आएका थिए ।

यस उपहार योजनामा केएफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भएका छन ।

यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए । यस्तै क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए ।

यसैगरी सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL