Logo

दराजको एक दिने वर्ल्ड बिग सेल डे ‘११.११’ हुँदै, ८० प्रतिशत सम्म छुट

दराजको एक दिने वर्ल्ड बिग सेल डे ‘११.११’ हुँदै, ८० प्रतिशत सम्म छुट



काठमाडौं । दराज एप ले नोबेम्बर ११ मा बिग सेल डे ‘११ दशमलब ११’ मेला गर्ने भएको छ । कम्पनीले वर्ल्ड बिग सेल डे ११ बर्ष पुगेको अवसरमा बिशेष छुटका साथ यहि कात्तिक २५ गते बिगसेल मेलाको आयोजना गरेको हो ।

कम्पनीले मेगा डिल्स, वेलकम गिफ्ट, दराज साथीलगायतका नयाँ उत्पादनहरु मेलामा राख्ने तयारी गरेको छ । साथै कम्पनीले हरेक दिन ४० हजार प्याकेज उत्पादनहरु उपलब्ध गराउने भएको छ । एक दिने मेलामा मेगा डिल्समा मात्रै ८० प्रतिशत सम्म छुट हुने कम्पनीले जाकारी दिएको छ । साथै सो एक दिने मेलामा कम्पनीको ३ लाख भन्दा बढी उत्पादनहरुमा बिशेष छुट हुने छ ।

त्यस्तै कम्पनीले गर्न लागेको सो मेलामा विगतमा भन्दा बढी बिक्री हुने लक्ष्य समेत लिएको छ । ग्राहकको सुविधालाई मध्य नजर गर्दै डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने ब्यवस्था समेत गरेको छ ।

हाल दराजमा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता १६० प्रतिशत, सेलर २०० प्रतिशत, कर्मचारी १९२ प्रतिशत रहेको जानकारी दिएको छ । त्यस्तै कम्पनीले आफ्नो बजार हिस्सालाई फराकिलो पार्दै काँकटभिटा देखि धनगढीसम्म गरी २६ स्थानमा शाखा समेत संचालनमा ल्याउने तयारी गरेको छ ।

प्रमुख पाटर्नरको रुपमा रहेको नबिल बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले भने किराना पसलबाट सुपर मार्केटमा जान १५ बर्ष लागेको छ भने अब अनलाईनमा जान ३ बर्ष मात्रै लाग्ने बताएका छन ।

अहिलेको ब्यस्त समयमा अधिकांश मानिसहरु अनलाईन किनमेलमा आकर्षित हुँदै गरेको अवस्थामा दराजले सहयोग गरेको उनको बुझाई रहेको छ । कम्पनीले आफ्नो सेवा विस्तार गरेसँगै सामग्री ढुवानीको लागि ४ सय ओटा मोटरसाईकल समेत थप गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL