Logo

राप्ती यातायातको टिकट काट्न काउन्टरसम्म जान नपर्ने, पुर्ण अटोमेशनमा परिणत

राप्ती यातायातको टिकट काट्न काउन्टरसम्म जान नपर्ने, पुर्ण अटोमेशनमा परिणत



काठमाडौं । राप्ती यातायातले अब बसको टिकट अनलाईनबाटै काट्ने भएको छ । पुर्ण रुपमा अटोमेशनमा गएको त्रिदेश्वरी राप्ती यातायातले अब बसको टिकटहरु अनलाईनमार्फत काट्ने जानकारी दिएको हो ।

अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।

अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत काट्न सक्नेछन । यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, , बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा डटकम डट एनपी मार्फत अनलाइन टिकट काट्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यात्रुहरूले आउँदै गरेको दशैैँ तिहारमा समेत आफु जाने कुनैपनि गन्तव्यमा सहजै टिकट काट्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL