Logo

रिलायन्स लाइफ इन्स्योरेन्स र इसेवाबीच सम्झौता, इसेवा मार्फत बीमा शुल्क भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स र इसेवाबीच सम्झौता, इसेवा मार्फत बीमा शुल्क भुक्तानी



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र इसेवाबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै कम्पनीको बीमा शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौतासँगै कम्पनीमा बीमा गरेका ग्राहकले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने भएको छ । इसेवा एकाउन्ट नभएका ग्राहकले भने इसेवाका देशभर रहेका कुनैपनि शाखामार्फत शुल्क भुक्तानी गर्न सकिनेछ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्जलगायका भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL