Logo

क्यालिफोर्नियाका यी जोडी, जसले सगरमाथाको बेस क्याम्पमा बिहे गरे

क्यालिफोर्नियाका यी जोडी, जसले सगरमाथाको बेस क्याम्पमा बिहे गरे


बिजखबर संवाददाता
0
Shares

हरेक जोडीलाई आफ्नो बिवाह विशेष र स्मरणीय होस भन्ने चाहना हुन्छ । तर अमेरिकाको क्यालिफोर्नियाका यी जोडीको विवाह भने धेरैका लागि नै स्मरणीय बन्यो । ३५ बर्षीय जेम्स सिसोम र ३२ बर्षिय एस्ले सिमाइडरको यो जोडीले समुद्र सतहदेखि १४ हजार फिटमाथि गरेको विवाह अहिले विश्वभर चर्चित बनेको छ । सगरमाथाको बेस क्याम्प(आधार शिविर)मा उनीहरुले अन्य आरोहीको माझमा औठी लगाइदिएर बिवाहको घोषणा गरेका हुन्, जहाँ दुवै जनाको विवाहको कपडामा सजिएका थिए ।


‘हाम्रा लागि परम्परागत किसिमको विवाह ठिक थिएन’ एस्ले भन्छिन् ‘परिवार र साथीकाबीच हाम्रो विवाह गर्ने चाहना भएपनि विदाको सदुपयोग गरेर यहाँ आएर जोडि कसेका हौं ।’ आफूहरु दुवै जना घुमघाममा अति रुची राख्ने र १४ हजार फिटमाथि नयाँ अनुभव लिन सफल भएको उनीहरुको भनाइ थियो । पर्यटन विभागका अनुसार यो बर्ष ६ दशक पछिकै सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।

तस्विर साभार ः डेलिमेल

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL