Logo

डेढ लाख मखमली फूलको माला निर्यात गर्दै नेपाल, भारतबाट साढे ३ लाख सयपत्री भित्र्याउने

डेढ लाख मखमली फूलको माला निर्यात गर्दै नेपाल, भारतबाट साढे ३ लाख सयपत्री भित्र्याउने



काठमाडौं । नेपालले भाईटिकाको लागि करिब डेढ लाख मखमली फूलको माला निर्यात गरिने भएको छ । तिहारका लागि भारत लगायतका मुलुकबाट माला आयात गर्दै आएका नेपाली व्यवसायीले तिहारमा भने २ लाख मखमली माला निर्यात गर्ने भएका हुन् ।

विशेषगरी युरोप, अमेरिका, खाडीमुलक लगायतका क्षेत्रमा रहेका नेपालीहरुलाई लक्षित गर्दै नेपालबाट करिब २ लाख मखमली माला निर्यात गर्न लागेको फ्लोरिकल्चर एशोसिएसन नेपालका प्रवक्ता कुमार कसजु श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार ब्यवसायिक हिसावले करिब २२ लाख माला भन्दा बढी नेपालमा खपत हुनेछ । मखमली फूलको माला मात्रै ७ लाखको हाराहारीमा खपत हुने र करिब १८ लाख सयपत्रीमाला खपत हुने उनले जानकारी दिएका छन ।

गत बर्ष १५ लाख सयपत्री मालाको खपत भएको थियो तर यस बर्ष भने १८ लाख माला खपत हुने देखिन्छ । श्रेष्ठका अनुसार हरेक बर्ष १० देखी १५ प्रतिशत मालाको माग बढेकाले यस बर्ष पनि सयपत्री मालाको खपत बढने भएको हो ।

गत बर्ष भारतबाट साढे २ लाख माला भित्र्याए पनि यस वर्ष भने साढे ३ लाख माला भित्र्याउने तयारी भएको समेत श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार यो तथ्याङ्क भनेको आधिकारिक रुपमा बिक्री वितरणमा आएको मात्रै रहेको छ । तर २५ देखि ३० लाखको हाराहारीमा फूलको खपत हुन्छ ति सबै कारोबारमा आउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL