Logo

कोरोनाभाइरस कहर : विश्वभर तीन लाख ३९ हजार बढीले ज्यान गुमाए, ५३ लाख बढी संक्रमित (अपडेट)

कोरोनाभाइरस कहर : विश्वभर तीन लाख ३९ हजार बढीले ज्यान गुमाए, ५३ लाख बढी संक्रमित (अपडेट)



काठमाडौं । कोरोना महामारीका कारण विश्वभर ज्यान गुमाउनेका संख्या तीन लाख ३९ हजार नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार विहानसम्म तीन लाख ३९ हजार नौ सय ९२ को मृत्यु भएको मृत्यु भएको छ।

त्यस्तै, हालसम्म विश्वभर ५३ लाख तीन हजार तीन सय ९३ बढी संक्रमित भएको समेत तथ्याङक सार्वजनिक भएको छ । २१ लाख ५८ हजार पाँच सय १० जना भने संक्रमण मुुक्त भएका छन् ।

गएको चौविस घण्टामा विश्वभर एक लाख सात हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । वल्र्डओमिटरका अनुसार २४ घण्टामा पुष्टिभएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो। अघिल्लो दिन विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका थिए।

यो संगै विश्वभर ५३ लाख ९८ हजार ३६ जना संक्रमित भएा छन्। उनीहरुमध्ये २१ लाख ५० हजार जना उपचारपछि निको भएका छन् भने ३ लाख ३९ हजार ४ सय १३ को मृत्यु भएको छ।

शुक्रबार एकै दिन अमेरिकामा २४ हजार २८ जना थपिएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख ४४ हजार ९ सय २५ पुगेको छ। त्यसैगरी गएको २४ घण्टामा ब्राजिलमा १९ हजार ९ सय ६९ जना, रुसमा ८ हजार ८ सय ९८, चिलीमा ४ हजार भन्दा धेरै, बेलायतमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। शुक्रबारमात्रै ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL