Logo

नेपाल लाईफको ७० प्रतिशत बोनस पारित, सेयर संरचना ६०ः४० को अनुपातमा

नेपाल लाईफको ७० प्रतिशत बोनस पारित, सेयर संरचना ६०ः४० को अनुपातमा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई वितरण गर्न लागेको ७० प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ ।

कम्पनीको १८ औं बार्षिक साधारणसभाले सेयर धनीलाई वितरण गर्न लागेको चुक्ता पूँजीको ४२ प्रतिशत बोनस सेयर तथा कर सहित २८ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी ४ अर्व ३९ करोड ६९ लाख २८ हजार रुपैंयाँ पुगेको छ । यसैगरी साधारण सभाले कम्पनीको अधिकृत पूँजी ८ अर्ब रुपैयँ कायम गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दे कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताएका छन ।

यसैगरी, कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण सेयरको बिद्यमान ७०ः३० को अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण सेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने जारी बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL