Logo

नेपाल लाइफ इन्स्योरेन्स र इसेवाबीच समझदारीपत्रमा हस्ताक्षर, इसेवामार्फत बीमा शुल्क भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स र इसेवाबीच समझदारीपत्रमा हस्ताक्षर, इसेवामार्फत बीमा शुल्क भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र इसेवाबीच समझदारी भएको छ । समझदारी अनुसार कम्पनीको बीमा शुल्क अब इसेवामार्फत भुक्तानी गर्न सकिने छ । अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन ।

laxmi

सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूभएसँगै इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सकिनेछ ।’

इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL