Logo

एभरेष्ट इन्स्योरेन्स र प्राईम लाईफको संयुुुक्त रुपमा घुम्ती बीमा सेवा शुरु, घर दैलोवाटै बीमा सेवा

एभरेष्ट इन्स्योरेन्स र प्राईम लाईफको संयुुुक्त रुपमा घुम्ती बीमा सेवा शुरु, घर दैलोवाटै बीमा सेवा



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुुुक्त रुपमा घुम्ती बीमा सेवा शुरु गरेका छन् ।

laxmi

ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रमबीच सो अभियान शुभारम्भ गरिएको हो । ग्राहकहरुलाई घर दैलोवाटै बीमा सेवा प्रदान गर्ने उद्देश्यले यो घुम्ती बीमा सेवा संचालन गरिएको बताइएको छ ।

बीमा समितिद्धारा मिति २०७६ मंसिर २४ गते जारी ‘ शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६’ मा व्यवस्था भए बमोजिम सेवा शुरु गरिएको विज्ञप्तिमा छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले कार्यक्रम शुरु गर्दै ग्राहकको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिए ।

घुम्ती बिमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरे ।

उक्त समारोहमा प्रमुख अतिथिको आसनग्रहण गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनीमार्फत घुम्ती बिमा सेवाको अवधारणा अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL