Logo

प्रुडेन्सियलले प्राप्त गर्यो आइएसओ प्रमाण पत्र, दाबी भुक्तानीमा उत्कृष्ट

प्रुडेन्सियलले प्राप्त गर्यो आइएसओ प्रमाण पत्र, दाबी भुक्तानीमा उत्कृष्ट



काठमाडौं । निर्जीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्सले आइएसओ प्रमाण पत्र प्राप्त गरेको छ । कम्पनीले बेलायतको युनाइटेड रजिस्टर सिस्टम्स लिमिटेडबाट आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको हो ।

कम्पनीले विगतका वर्षको ग्राहक सन्तुष्टि, प्रिमियम संकलन, दाबी भुक्तानी, उत्कृष्टता र गुणस्तर व्यवस्थापन मूल्यांकनको आधारमा उक्त प्रमाण प्राप्त गरेको हो ।

चुक्ता पुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीले सवारी, समुद्री कार्गो, मेडिकल र स्वास्थ्य, माइक्रो, ज्वेलरी ब्लक, अग्नि लगायत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले यसअघि आइएसओ ९००१ः२००८ प्रमाणपत्र प्राप्त गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL