Logo

सिंहदरबार प्रबलीकरणको काम शुरु, रानीपोखरी र धरहराको काम पनि अघि बढ्यो

सिंहदरबार प्रबलीकरणको काम शुरु, रानीपोखरी र धरहराको काम पनि अघि बढ्यो



काठमाडौं । विश्वब्यापी रुपमा फैलिउको कोरोनाका कारण रोकिएको सिंहदरबार प्रबलीकरणको कार्य पुन सुरु भएको छ ।

हाल सो क्षेत्रको पश्चिम मोहडामा जगको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जानकारी दिएको छ । ईकाका अनुसार बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भई टायल र मार्वल एवं पेन्टिङको काम भइरहेको छ ।

सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाएको बताएका छन ।

विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्रीमार्फत कामलाई निरन्तरता दिएको छ । कामदारहरुलाई सानो सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती–न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिएकी छिन ।

चारवटा मोहडाको प्रबलीकरणमा हाल १ सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएकोसमेत जानकारी दिएकी छिन । त्यसैगरी, लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पुनः सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL