Logo

मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा, दुई महिनामा सुरुङको काम सम्पन्न हुने

मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा, दुई महिनामा सुरुङको काम सम्पन्न हुने



काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरुगरेसँगै तीव्रगतिमा काम अघि बढेको छ ।

laxmi

इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २ दशमलब ५ किलोमिटर र भित्ता ढलान २ दशमलब ५ किलोमिटर बाँकी थियो । बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने उनको भनाई छ । उनले भनेर्, यही गतिमा काम भइरहँदा दुई महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।

आयोजना निर्माणका क्रममा यस अघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए । अहिले सो आयोजनाको समस्याका रूपमा रहेको सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भने अझै भुक्तानी हुन सकेको छैन । अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न बाँकी छ ।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई छिट्टो काम सम्पन्न गर्दा प्रतिदिन ० दशमलब १५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने आयोजनाको भनाई छ । मेलम्ची काठमाडौंमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL