Logo

नेपालीको रेल चढ्ने सपना साकार पार्दै सरकार, कात्तिकमा २ सेट डीईएमयू रेल आउने पक्का

नेपालीको रेल चढ्ने सपना साकार पार्दै सरकार, कात्तिकमा २ सेट डीईएमयू रेल आउने पक्का



काठमाडौं । सरकारले यही कात्तिकमा २ सेट डीईएमयू रेल ल्याउने भएको छ । सरकारले ल्याउन लागेको उक्त रेल जयनगर–जनकपुर रेलमार्गमा यही कात्तिकबाट संचालन हुने भएको छ । ब्रोडगेज रेलमार्ग निर्माण सम्पन्न भए पनि रेल संचालनको लागि खरिद प्रकृया ढिलाहुँदा संचालनको प्रकृया समेत ढिला भएको थियो ।

laxmi

सरकाले केही महिना अगाडीनै जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि विभागलाई २ सेट रेल खरिद गर्न रकम उपलब्ध गराए पनि खरिद सम्झौता गर्न ढिलाई हुँदा संचालनको समय पछि धकेलेको थियो ।

उक्त रेलमार्गमा रेल संचालन गर्न आवश्यक तयारी सुरु भएको जनकपुरबाट इन्जिनियर विनोध ओझाले जानकारी दिएका छन । उनका अनुसार यही असारमा आएको बाढीले बगाएको रेलमार्ग भने दशैं पछि मात्रै पुनर्निर्माण हुने छ ।

जसका लागि भारतीय पक्ष तयार रहेको ओझाले बताए । उनले भने, ‘हामीले सबै काम समयमै सम्पन्न गर्न भनेका छौं आउने कातिकमा २ सेट रेल आउने भए पछि बाँकी रहेका काम समेत सुरु भएको छ ।’

उक्त रेलमार्ग पुनर्निर्माण गर्न भारतीय पक्ष तयार रहे पनि बाढी आउने त्रासले गर्दा हाल सम्म पुनर्निर्माणको काम हुन नसकेको हो । ओझाले भने, ‘बाढी नआउने हो भने एक हप्ता भित्रै पुनर्निर्माण गर्न सकिन्छ ।’

सरकारले ल्याउन लागेको उक्त रेल भारतीय कम्पनी कोकान रेलवेयज कर्पोरेसन लिमिटेडमा निर्माणको अन्तिम चरणमा रहेको छ । सरकारले उक्त रेलमार्गमा रेल संचालन गर्न जी टु जी प्रक्रियामार्फत ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा डीईएमयू रेल खरिद गर्नेछ ।

यस अघि पनि नेपाल रेलवे कम्पनी मार्फत नै रेल संचालन भए पनि कुनै नीतिनियम नभएकाले अवको दिनमा भने रेलकम्पनीको आफ्नै नीतिनियम बनाएर अघि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL