Logo

प्राधिकरणले स्वीकृत गर्यो एकीकृत बस्ती विकास योजना, थप ४४ सय कर्मचारी माग गर्दै

प्राधिकरणले स्वीकृत गर्यो एकीकृत बस्ती विकास योजना, थप ४४ सय कर्मचारी माग गर्दै



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती विकास योजना स्वीकृति गरेको छ । प्राधिकरणले उक्त आयोजना स्वीकृति गर्दै सन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा एकीकृत वस्ती विकास गर्ने भएको छ ।

प्राधिकरणले ३ जिल्लामा गरी कुल ५ वटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ, जसमा ४० घरधुरी रहनेछन् ।

यसैगरी बैठकले सिन्धुपाल्चोक जिल्लाकै मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा ७० घरधुरी रहनेछन् । सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा १० घरधुरी रहनेछन् ।

यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा २४ घरधुरी रहनेछन् ।

बैठकले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घरधुरी रहनेछन् ।

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि ४ सय ६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियर सहित ३ हजार २ सय ५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७ सय ४ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL