Logo

खाने होईन सरकारी जागिर ? लोक सेवाले माग्यो ५७५ खरिदार

खाने होईन सरकारी जागिर ? लोक सेवाले माग्यो ५७५ खरिदार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) पदको लागि ५ सय ७५ जना कर्मचारी माग गरेको छ । लोक सेवाले सुचना प्रकाशित गर्दै खरिदार पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त सुचना अनुसार आन्तरिक खुलातर्फ १ सय ५९ जनाका लागि दरखास्त आह्वान भएको छ । दुवै कोटातर्फ गरी ७ सय ३४ जनाले खरिदारमा जागिर पाउनेछन् ।

आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, लेखा तथा व्यवस्थपिका संसद् सबै सेवामा खरिदार माग गरेको छ ।
आयोगले क्षेत्रगत रुपमा कोटा निर्धारण गरी आवेदन माग गरेको छ । उक्त पदका लागि एसएसी उर्तीण गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।

सो पदका लागि चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । तर, दोब्बर दस्तुर तिरेर भने चैत २७ गतेसम्मको समय दिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL