Logo

यसरी गरिदैछ शंकपार्कको स्तरोन्नती, ३ करोड लागत लाग्ने

यसरी गरिदैछ शंकपार्कको स्तरोन्नती, ३ करोड लागत लाग्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौँ । काठमाडौं महानगरको वडा नंं ४ स्थित शंखपार्कको प्रस्तावित गुरु योजना सार्वजनिक भएको छ । आइतबार सो गुरुयोजना छलफलका लागि सार्वजनिक गरिएको हो ।

गुरुयोजना अनुसार सो पार्क स्तरोन्नती गर्न ३ करोड ४ लाख रुपैयाँ लागत लाग्ने छ । सो पार्कमा बालबालिका, जेष्ठ नागरिक, युवा युवती, हिँड्ने, खेल्ने वा व्यायाम गर्ने, स्थानीयबासीको सहज पहुँचमा हुने जस्ता विशेषता थप गरिने छ ।

गुरुयोजनामाथि छलफल कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखे्रलले, सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण र महानगरको प्राथमिक योजनामा हुनुपर्ने काम भएको बताए ।

उनले शंख पार्कलाई स्थनीयको माग अनुसार वहु विशेषतायुक्त बनाउनु नहुने बताए । ‘ एकै ठाउँमा सवै चीज राख्न सम्भव पनि छैन र त्यसरी राख्नु पनि हुँदैन, वरु वडामा भएका अरु पनि सार्वजनिक जग्गा खोजौं र सार्वजनिक प्रयोगमा रुपान्तरण गरौं, यो चाहिँ सम्भव छ’ उनले भने  ।


कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा — परिणाममुखी धेरै काम गरिने बताए । साथै
पछी विवाद सृजना गर्नुभन्दा काम थालनी हुनुपूर्व योजनामा छलफल गर्न र रचनात्मक सुझाव दिन वडाबासी र सरोकारवालासँग आग्रह गरे ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पार्कलाई अत्याधुनिक बनाउन उपकरणसहितको खुल्ला जिम र साइकल ट्रयाक बनाउनु पर्ने सुझाव दिए ।

त्यस्तै पूर्व संसद रत्ना गुरुङ्ले पार्कको प्रयोगमा कोही पनि बञ्चित होलान् कि भन्ने विषयमा योजना निर्माण गर्दा गर्दै सचेत हुनु पर्ने बताए ।

पार्कका नियमित प्रयोगकर्ता सीताराम घले, सिट अप राष्ट्रिय रेकर्डर रामचन्द्र खनाल, आर्किटेक्ट सुरज खनाललगायतका वक्ताले पार्कमा फोहोर व्यवस्थापनको संयन्त्र हुनु पर्ने, क्याफ्टेरियाको प्रवन्ध गरिनु पर्ने, अहिले पार्क वाहिर जमरा तथा घ्यूकुमारीको जुस वेच्नेलाई पार्कको अङ्ग बनाइनु पर्ने, निशुल्क वाइफाइ सेवा उपलब्ध गराइनु पर्नेलगायत  सुझाव दिएका थिए ।


धुम्बाराही चक्रपथसँगै जोडिएको शंख पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । वि. सं. २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रुपमा निर्माण गरिएको हो । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि पार्कको नाम शंख पार्कका रुपमा पुन नामाकरण गरिएको हो । अहिले यो पार्क बनभोज, विवाह, व्रतवन्धजस्ता सामाजिक कार्य, विहान र वेलुका व्यायाम गर्ने स्थल, स्थानीय भेटघाट र मनोरञ्जनका लागि उपयोग हुँदै आएको छ । पार्कमा दैनिक ५ सय व्यक्ति घुम्न आउँछन् ।

 

पार्कमा शौचालय, शंख पार्कको स्तम्भ, खुल्ला स्थान, वेञ्चहरु, चौतारो, रुखहरु, बोटविरुवा, छहारी जस्ता संरचना तथा प्राकृतिक अवस्था उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL