Logo

विश्वको कूल दृष्टिविहीनमा ५५ प्रतिशत महिला !

विश्वको कूल दृष्टिविहीनमा ५५ प्रतिशत महिला !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वमा कुल दृष्टिबिहिनमध्ये ५५ प्रतिशत महिला भएको एक अध्ययनले देखाएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानले फ्रेडहलोज फाउण्डेसनको सहकार्यमा प्रकाशित गरेको लैगिंक आँखा स्वास्थ्य सम्बन्धी अध्ययनपत्रमा यस्तो उल्लेख छ ।

विशेषगरी निम्न र मध्यम आय भएका देशको महिलाहरुमा यो समस्या देखिएको छ । अध्ययनपत्रमा महिलाले पूर्ण दृष्टि प्राप्त गरेमा मनोवैज्ञानिक प्रभाव, आयआर्जको सम्भावना,सामाजिक क्रियाकलाप सहभागिताको क्रममा विकास हुने उल्लेख छ ।

साथै परिवारमा सामाजिक, आर्थिक लागत जस्ता तथ्यको सकारात्मक प्रभाव पर्ने इकोनोमोनिष्ट इन्टिलेजन्स युनिटको अध्ययनमा देखिन्छ ।

प्रतिष्ठानको कार्यकारी निर्देशक डा. रिता गुरुङको नेतृत्वमा कुल ३२ मध्ये २१ महिला नेत्र विशेषज्ञले निरन्तर सेवा प्रदान गर्दै आएको बताएका छन । डा.गुरुङका अनुसार महिलामा भएको कुल अन्धोपनको आधारमा ६० प्रतिशत सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५३ प्रतिशत मात्र प्रयोग गरेको छ ।

सेवा र विकासमा कार्यक्रममा महिला लक्षित कार्यक्रम आए पनि आँखा स्वास्थ्य सेवालाई महिलामैत्री नभएको गुरुङले बताइन् ।

‘आँखा सेवाको समतामूलक वितरण र भिजन २०२० को लक्ष्यहरु प्राप्त गर्ने सम्भावना देखिन्छ यस बाट आशावादी हुन सकिने छ’ गुरुङले भनिन् । त्यस्तै फ्रेड हलोज फाउण्डेसनका क्षेत्रिय निर्देशक रमेश पुरीले दिगो विकास लक्ष्य प्राप्तिका लागि एक समानता, उचित कार्य, आर्थिक वृद्धि र पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको बताए ।

फाउण्डेसन र प्रतिष्ठानको सहकार्यमा नेपालका ७ जिल्लामा महिलाहरुको आँखा स्वास्थ्य सेवा पहुँचलाई अझ प्रभावकारी सहज बनाउन एउटा परियोजना लिएर आएको बताएको छ ।

महिला शसक्तिकरणको उद्देश्यका साथ तिलगंगा आँखा प्रतिष्ठान मार्फत संचालित शहर तथा सामूदायमा केन्द्रित आँखा कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता भएको बिज्ञप्तिमा उल्लेख छ । एक अध्ययनकानुसार २०५० सम्ममा अन्धोपनाको भार ३ गुणा बढने देखाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL