Logo

१४ जिल्लामा ‘हर्न’ बजाउन निषेध

१४ जिल्लामा ‘हर्न’ बजाउन निषेध


बिजखबर संवाददाता
0
Shares

आजदेखि विभिन्न १४ वटा जिल्लामा सवारीसाधनका हर्न बजाउन निषेध गरिएको छ । प्रदेश नं १मा पर्ने झापा, मोरङ, सुनसरीलगायत १४ जिल्लामा सवारीसाधनका निषेध गरिएको हो ।

सो जिल्लाका स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र घोषणा गरेको हो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा आजदेखि हर्न बजाउन पाइने छैन ।

ट्राफिक प्रहरी कार्यालयले विभिन्न सरोकारवाला निकाय तथा यातायात व्यवसायीलाई समेत पत्राचार गरी हर्न निषेधको निर्णय कार्यान्वयनका लागि अनुरोध गरिएको छ । सवारी चालकले अनावश्य रुपमा हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले स्थानीय सरकार र ट्राफिक प्रहरीको समन्वयमा सो नियम लागू गरएको हो ।

यस अघि यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने निर्णय भएको थियो । उक्त नियम पालना नगरे पहिलोपटक ५ सय रुपैयाँ र त्यसपछि क्रमशः १ हजार र १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिने भएको छ । तर घुम्ती, सवारीसाधन ठोक्किनै लागेको अवस्थामा र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL