Logo

चार गुणा बढ्यो बीमा कम्पनीको चुक्ता पूँजी, यस्तो छ व्यवस्था !

चार गुणा बढ्यो बीमा कम्पनीको चुक्ता पूँजी, यस्तो छ व्यवस्था !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितको बिहीबारको निर्णयले चुक्ता पूँजी बृद्धि गरेको समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।

अनुसार अनुसार जिबन र निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी ४ गुणाले बृद्धि गरिएको छ । २०७५ असार मसान्तभित्र चुक्ता पूँजी बृद्धि गरिसक्नुपर्ने गरी समितिले पूँजी बृद्धि गरेको हो ।

जसअनुसार निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ र जिबन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुनेछ । मौजुदा व्यवस्था अनुसार निर्जीबन बीमा कम्पनीको २० करोड रुपैयाँ र जीबन बीमा कम्पनीको ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बीमा कम्पनीहरुको पूँजी बृद्धिसँगै नेपालमा बीमाको दायरा समेत बढ्ने उनको दावी छ । ‘अहिले बीमाको कभरेज एकदमै न्यून छ,’ उलने भने, ‘चुक्ता पूँजी बृद्धिसँगै यसको दायरा समेत बढ्ने छ ।’

नेपालमा ९ वटा जीवन बीमा र १७ वटा निर्जीवन बीमा कम्पनी संचालनमा छ । तीमध्ये केहीले चुक्ता पूँजी पुर्याइसकेको छन् । अन्य कम्पनीहरुले पनि २०७५ असार भित्र अनिवार्य रुपमा चुक्ता पूँजी बृद्धि गरिसक्नुपर्ने छ । अहिलेलाई ४ गुणाले बढाइएको र यसलाई समयसापेक्ष परिमार्जन गर्न सकिने उनको तर्क छ ।

केही समय अघि बीमा समितिले निर्जीबन बीमा कम्पनीको ४ अर्ब रुपैयाँ र जिबन बीमा कम्नपीको ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने हल्ला चलेसँगै सेयर बजारमा त्यसले उछाल ल्याएको यियो । तर, समितिले न्युन रुपमा चुक्ता पूँजी बृद्धि गरेपछि त्यसले सेयर बजारलाई केही प्रभाव पार्ने एक लगानीकर्ताले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL