Logo

दोश्रो चरणको चक्रपथ विस्तार, नयाँ बसपार्कदेखि महाराजगञ्जसम्मको विद्युत लाईन भूमिगत गर्ने योजना रद्द

दोश्रो चरणको चक्रपथ विस्तार, नयाँ बसपार्कदेखि महाराजगञ्जसम्मको विद्युत लाईन भूमिगत गर्ने योजना रद्द



काठमाडौं । दोश्रो चरणको चक्रपथ विस्तार आयोजना पनि लकडाउनका कारण प्रभावित भएको छ । लकडाउनका कारण आयोजना अन्तरगत पर्ने नयाँ बसपार्कदेखि महाराजगञ्जसम्म विद्युत लाईन भूमिगत गर्ने योजना रद्ध भएको छ । सो खण्डमा अब तत्काललाई विद्युत लाईन भूमिगत नगरिने आयोजनाले जानकारी दिएको छ ।

laxmi

यस अघि आयोजनाले नयाँ बसपार्कदेखि गोपीकृष्णको ढोलीखोलासम्मको विद्युतलाईन भने भूमिगत गर्ने गरि विद्युतीय पोलहरु हटाएको थियो । नेपालमा लकडाउन सुरुभएसँगै आयोजनाले विस्तार गर्ने भनिएको बसपार्कदेखि गोपीकृष्ण ढोलीखोलासम्मको विद्युतलाईन भूमिगत गर्ने योजनाको मोडालिटिसमेत परिवर्तन भएको आयोजनाका इन्जिनियर सुप्रिम चुँडालले जानकारी दिए ।

आयोजनाले सडक बिस्तारका लागि गरेको पहिलो चरणको साइट क्लियरिङ अन्तरगत कलंकीदेखि चाबहिल गोपीकृष्ण सडक खण्डमा करिब २१ सय ओटा रुख कटान, ५ सय ओटा भन्दा बढी बिजुलीको पोलसमेत स्थान्तरण गरिसकेको छ ।

आयोजनाले बैशाखबाट काम सुरु गर्नेगरि उक्त क्षेत्रमा साईट क्लियरको कामलाई तीब्रता दिएको थियो । तर चैत देखि नै कोरोनाका महामारी फैलिए पछि सरकारले चैत ११ गतेदेखि पूर्णरुपमा लकडाउन गरेको थियो । लकडाउन पछि आयोजनाले सबै काम स्थगित गरेको थियो ।

सरकारले लकडाउनकै अवधिमा पनि सुरक्षाको बिधि अपनाएर काम गर्न दिएको निर्देशनको पालना गरि हाल सो क्षेत्रमा विद्युतीय पोलहरु स्थानतरण गरि तार टाँग्ने कामसमेत भईरहेको चुँडालले जानकारी दिए । त्यस्तै आयोजनाले ग्वार्कोमा सर्भिस ट्रयाकको कामसमेत सुरु गरेको छ ।

कलंकीमा भने मजदुर अभावका कारण सर्भिस ट्रयाकको काम सुरु गर्न नसकेको आयोजनाले जानकारी दिएको छ । आयोजनाका ईन्जिनियर चुँडालका अनुसार थप मजदूरको खोजी भईरहेको र तत्काल उपलब्ध भएसम्मका मजदूरहरु मार्फत एक दुई दिनमै कलंकीमा समेत सर्भिस ट्रयाकको काम सुरु गर्ने योजना छ ।

साइट क्लियरको काम भएपनि सडक बिस्तारको काम भने लकडाउन खुलेपछिमात्र अगाडि बढाइने आयोजनाले जानकारी दिएको छ । सो क्षेत्रमा कोरोनाका कारण तत्काल सडक बिस्तारको जिम्मेवारी लिएको चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण शुरु गर्न नसकिने आयोजनाले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL