Logo

प्रचण्डलाई प्रधानमन्त्री ओलीको झापड, भन्छन्–सरकार बाहेक अर्को कुनै संयन्त्र चाहिँदैन

प्रचण्डलाई प्रधानमन्त्री ओलीको झापड, भन्छन्–सरकार बाहेक अर्को कुनै संयन्त्र चाहिँदैन



काठमाडौं । सरकार संचालन गरिरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सर्वदलीय संयन्त्र आवश्यक भएको बताईरहँदा सोही पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बाहेक अर्को संयन्त्र आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

laxmi

शनिबार प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्समार्फत बोल्दै सो कुराको जानकारी दिएका हुन । ‘अलिहे सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन,’ उनले नेकपा अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै भने, ‘सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह छ ।’

केही दिन अघिमात्र नेकपा अध्यक्ष प्रचण्डले कोरोना रोकथामका लागि नेपाली कांग्रेस सहितको सर्वदलीय संंयन्त्र बनाउनु पर्ने बताएका थिए । उनको उक्त भनाईसँगै नेकपामा विवाद चुलिएको थियो । साथै उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन समेत आग्रह गरेका छ् । पछिल्लो समय नेकपा अध्यक्ष प्रचण्ड स्वयम नै अघोषित तरिकाबाट विभिन्न बाट सरकार ढाल्ने कसरतमा रहेको आरोप लागिरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL