Logo

विश्व लकडाउनको असर : तेलको खपतमा २० प्रतिशतले कमी आउँदा मूल्य २५ प्रतिशतले घट्यो

विश्व लकडाउनको असर : तेलको खपतमा २० प्रतिशतले कमी आउँदा मूल्य २५ प्रतिशतले घट्यो



काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाईरसको महामारीका कारण विश्वका धेरै देशले लकडाउन गरेपछि विश्वबजारमा तेलको खपतमा भारी गिरावट आएको छ ।

लकडाउनको अवस्थामा मानिसहरुको सवारीसाधनलगायतका विभिन्न क्रियाकलापमा संकुचन आउँदा विश्वबजारमा तेलको खपत १७ बर्षयताकै न्युन देखिएको हो । गत बिहीबार मात्रै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको खपतमा ७ दशमलव ३३ प्रतिशतको गिरावट आएको थियो । यसरी तेलको खपतमा गिरावट आउँदो मूल्यमा समेत प्रतिव्यारेल २४ दशमलव ४१ डलरले गिरावट आएको थियो ।

यो हप्ता तेलको मूल्यमासमेत गिरावट आएको छ । कोरोना भाईरसका कारण यसको मागमा गिरावट आएपछि यसको मूल्यमा संकुचन आएको हो । ओपेकले तेल प्रशोधनमा केही कमी गरेको छ भने साउदी अरेबियाले तेलको आपुर्ति भरपुर रुपमा गरिरहेको छ । साउदी अरेबियाले मस्कोसँगको मूल्ययुद्ध घोषणा गरेपछि ओपेकले तेलको मूल्यमा सन्तुलन कायम गर्न नसकेको विज्ञहरुले बताएका छन ।

तर, हालै विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले भने यसमा ठुलो असर परेको छ । यसले तेलको मुल्य २ दशकयताकै न्यून पार्न बाध्य पारेको छ । हाल विश्वका सबै तेल भण्डारण केन्द्रहरुसँग क्षमताको ७५ प्रतिशत बढी भण्डारण छ । अहिले विश्वका ३ अर्बभन्दा बढी मानिसहरु लकडाउनमा छन् । जसका कारण तेलको खपत २० प्रतिशतले घटेको छ । अब तेलको बजारमा पूर्ण सन्तुलन आउन कति समय लाग्ने हो यत्तिकै भन्न सकिने अवस्था छैन ।

बिहीबार जी ट्वान्टी राष्ट्रहरुले कोरोना भाईरसका कारण विश्वबजारमा उब्जिएको बेरोजगारीलगायतका समस्यालाई समाधान गर्न ५ ट्रिलियनको कोष खडा गर्ने बताएका छन । अमेरिकाले भने हालै कोरोनाबाट तत्काल हुने मृत्युदर रोक्न २ दशमलव २ ट्रिलियन डलरको घोषणा गरेको छ । तर साउदी अरेबियाले भने विश्वबजारमा तेलको खपतमा कमी आएपछि नयाँ बजार खोजिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL