Logo

४ महिनामा आयात ७ प्रतिशतले घट्दा निर्यात २४ प्रतिशतले बढ्यो, साँघुरिँदै व्यापारघाटाको खाडल

४ महिनामा आयात ७ प्रतिशतले घट्दा निर्यात २४ प्रतिशतले बढ्यो, साँघुरिँदै व्यापारघाटाको खाडल



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा आयात ७ प्रतिशतले गिरावट आउँदा निर्यात २४ प्रतिशतले उकालो लागको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा हुने आयात ६ दशमलव ९२ प्रतिशतले गिरावट आउँदा निर्यात २३ दशमलव ९० प्रतिशतले उकालो लागेकोे हो ।

laxmi

भन्सार विभागका अनुसार पछिल्लो समय नेपालमा हुने आयात भन्दा निर्यातको वृद्धिदर उकालो लाग्दो छ । पछिल्लो ४ महिनामा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको आयात हुँदा नेपालबाट भने ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको मालसामान निर्यात भएको छ ।

यस्तै उक्त अवधिमा कुल वैदेशिक व्यापार भने ४ खर्ब ८६ अर्ब रुपैयाँको भएको छ । आयातमा गिरावट र निर्यातमा सुधार आउँदा पनि व्यापारघाटा भने ४ महिनामा ४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।
गत आर्थिक बर्षको सोही अवधिमा व्यापारघाटा ४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा भने व्यापारघाटा करिव ९ प्रतिशतले ओरालो लागेको हो । नेपालको वैदेशिक व्यापारमा सुधार आएकै कारण व्यापारघाटाको खाडल साँघुरिँदै गएको सम्बन्धीत विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL