Logo

टेलिकम १५ अर्ब नाफामा, कुल आम्दानी भने घट्यो

टेलिकम १५ अर्ब नाफामा, कुल आम्दानी भने घट्यो



काठमाडौ । सरकारको लगानी रहेको नेपाल टेलिकमले आर्थिक बर्ष २०७५/७६ मा कुल १५ अर्ब २५ करोड ६४ लाख रुपैया नाफा गरेको छ । टेलिकमले बिहीबार प्रकाशित गरेको वित्तीय प्रतिवेदन अनुसार नाफाको यो आकार त्यसको अघिल्लो आर्थिक बर्सको तुलनामा भने करिब ७ अर्ब रुपैयाँले कम हो । कम्पनीले आव २०७४/७५ मा कुल २१ अर्ब ९२ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

टेलिकमले गत आवमा खुद नाफा १० अर्ब २० करोड रुपैयाँ कायम गरेको छ । जुन त्यसको अघिल्लो बर्स १७ अर्ब ४८ करोड रुपियाँ थियो । टेलिकमको खुद नाफामा पनि व्यापक कमी आएको देखिन्छ ।

टेलिकमको समग्र आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीले ४३ अर्ब ४८ करोड आम्दानी गरेको जुन अघिल्लो समीक्षा अवधिमा ४५ अर्ब २६ करोड रुपैयाँ थियो । खासगरी ओभर दी टप सर्भिस(ओटीटी) को लोकप्रियताका कारण भ्वाइसबाट हुने आम्दानी घट्दा कम्पनीको आम्दानी घटेको विश्लेषण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL