Logo

परिसुचक दोहोरो अंकले बढ्दा कारोबार १ अर्ब नाध्यो, किन उचालिँदैछ निर्जीवन बीमा र उत्पादनमुलक समुह !

परिसुचक दोहोरो अंकले बढ्दा कारोबार १ अर्ब नाध्यो, किन उचालिँदैछ निर्जीवन बीमा र उत्पादनमुलक समुह !



काठमाडौं । मंगलबार नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । परिसुचक दिनभर उताचढाव हुँदै अन्तमा १४ दशमलव १२ अंकले बढेर १ हजार ३ सय १५ अंकमा पुगर अडिएको छ ।
बजारमा व्यापार बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समुहको परिसुचक उकालो लाग्न पुगेको हो ।

आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण दुबै सेयरले सर्किट हान्दा निर्जीवन बीमा समुहमा सकारात्मक प्रभाव परेको थियो । यसैगरी केही समययता लगातार सर्किट हान्दै बढेको शिवम सिमेन्टको सेयरका कारण उत्पादनमुलक समुहमा पनि उच्च वृद्धि देखिन पुगेको हो । बजारमा निर्जीवन बीमा समुहको परिसुचक १ सय ४६ अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचक ८५ अंकले उकालो लागेको छ ।

अघिल्लो दिन वृद्धि नभएको बैंकिङ समुहको परिसुचक पनि मंगलबार दोहोरो अंकले बढ्न पुगेको छ । सो समुहको परिसुचक १४ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक ४३ अंकले उकालो लागेको छ ।

बजारमा परिसुचकका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार कारोबार रकम बढेर १ अर्ब माथी पुगेको छ । जसमा सबैभन्दा बढी नेपाल बैंकको १० करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा शिवम सिमेन्टको ८ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार कृषि विकास बैंकको पनि प्रतिकित्ता ३० रुपैयाँले बढ्दै ७ करोड ८३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL