Logo

टावरमा बसेर जहाज कन्ट्रोल गर्ने हो ?, प्राधिकरणले माग्यो एटिसिको आवेदन

टावरमा बसेर जहाज कन्ट्रोल गर्ने हो ?, प्राधिकरणले माग्यो एटिसिको आवेदन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एरोड्रोम नियन्त्रण एएफआईएस ट्रेनिङको लागि आवेदन माग गरेको छ । प्राधिकरणले ६ महिने लिसेसिङका लागि उक्त आवेदन माग गरेको हो ।

प्राधिकरणले सुचना प्रकाशित गर्दै एएए–००७ तालिमको लागि आवेदन माग गरेको हो । जसमा खुल्ला तर्फ ९ जना, महिला २, आदिबासी÷जनजाती २, मधेशी २ र दलित १ जना गरी १६ जनाको माग गरेको प्राधिकरणका प्रवक्ता त्रिलोचन पौड्यालले जानकारी दिए ।
आवेदन दिन चाहाने नेपाली नागरिकले राष्ट्रिय बाणिज्य बैंकको टिआईए शाखाको खाता नं. १६९०००००९५०१ मा परिक्षा दस्तुर जम्मा गर्न सक्नेछ ।

आवेदन दिने नेपाली नागरिकले कम्तीमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट विज्ञान विषयमा आईटी, ब्यवस्थापन वा ईन्जिनियरिङ विषयको स्नातक तहमा २ दशमलब ५ अंक प्राप्त गरी पास भएको हुनु पर्ने छ । साथै परिक्षार्थीको उमेर २१ बर्ष पुरा भई २७ वर्ष ननाघेको हुनु पर्ने प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै आदिबासी जनजाती, दलित तथा मधेषीको हकमा भने सम्वन्धित जिल्लाको प्रमुख अधिकारीबाट आदिबासी जनजाती, दलित तथा मधेषी भनी प्रमाणित गराई दरखास्त पेस गर्न सकिने प्रवक्ता पौड्यालले बताए ।

प्राधिकरणका अनुसार प्रशिक्षणका लागि छनौट भई तालिम पश्च्यात प्राधिकरणको दरबन्दीमा प्राविधिक सेवा एट्रास समुह अन्तर्गत ७ औं तहको रिक्त पदमा प्राधिकरणको नियमानुसार छनौट भएमा नियुक्ति पाउनेछ । यसरी नियुक्ति पाउनेहरुले काठमाडौं जिल्ला बाहिरका नागरिक उड्डयन कार्यालयहरुमा सुरुमा कम्तीमा २ वर्ष काम गर्नु पर्ने प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL