Logo

वैदेशिक रोजगारीमा बढ्यो विकृति, २ महिनामा १८ करोडको ठगी

वैदेशिक रोजगारीमा बढ्यो विकृति, २ महिनामा १८ करोडको ठगी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले नेपालको वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यस्थित बनाउने भनिएपनि ठिक त्यसको विपरित ठगी बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसा चालू आर्थिक बर्षको पहिलो २ महिनामा १८ करोड २३ लाख रुपैयाँभन्दा बढीको ठगी भएको छ ।

विभागका अनुसार पछिल्लो समय म्यानपावर कम्पनीमार्फत हुने संस्थागत ठगी तथा व्यक्तिगत ठगी दुबै बढेको छ । चालू आवको २ महिनामा म्यानपावर कम्पनीमार्फत ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभाग समक्ष परेको छ । रकमको आधारमा कम भएपनि उजुरीको आधारमा भने म्यानपावर कम्पनीमार्फत हुने उजुरी बढी परेको छ । सो अवधिमा कुल ४ सय १८ वटा ठगीमो मुद्दा दायर भएकोमा म्यानपावर कम्पनीको २ सय १० वटा छन्

यसैगरी व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा पठाइने दिने लोभमा ठूलो रकम ठगी गरेको विभागका एक अधिकारीले बताए । व्यक्तिगत रुपमा ११ करोड ७७ लाख रुपैयाँ बराबरको ठगी भएको उजुरी दर्ता भएको छ । विभागका व्यक्तिगत तर्फका २ सय ८ वटा ठगीमा मुद्दा दायर भएका छन् ।

दलालहरुले नेपाली कामदारलाई अमेरिका, जापान तथा युरोपिएन मुलुकमा पठाइदिने लोभ देखाएर ठूलो रकम लिएर ठगी गरेको विभागले जानकारी दिएको छ । ‘दलाले कामदारलाई अमेरिका पठाइदिने लोभ देखाएर एउटा कामदारबाट १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी आएको छ,’ विभागको उजुरी शाखाका एक अधिकारीले भने ।

सो अवधिमा म्यानपावर कम्पनीले कामदारलाई भनेको काम, तलव तथा सुविधामा नपठाएको, भनेको भन्दा अर्के कम्पनीमा पठाएको जस्ता उजुरी आएको विभागले जानकारी दिएको छ । साथै, कतिपय कामदारलाई व्यसायीले नेपालबाट पठाएर सम्बन्धित मुलुकमा पुर्यार अलपत्र पारेको समेत विभागमा आएको उजुरीमा छ ।

.

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL