Logo

वैदेशिक रोजगारी जाने कामदारको अनिवार्य बैंक खाता, सोही खातामा रेमिट्यान्स

वैदेशिक रोजगारी जाने कामदारको अनिवार्य बैंक खाता, सोही खातामा रेमिट्यान्स


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष २०७४÷७५ को बजेट बक्तव्य मार्फत उक्त व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीमा गएका कामदारहरुले सोही खातामा विदेशबाट रेमिट्यान्स पठाउनु पर्ने छ । वैदेशिक रोजागारीमा गएका कामदारले पठाउने रेमिट्यान्सलाई बैधानिक प्रणालीबाट भित्र्याएर राष्ट्रिय पूँजी निर्माणमा लगाउन उक्त व्यवस्था गरिएको हो ।

यसैगरी त्यसरी प्राप्त रेमिट्यान्सको केही हिस्साबाट रेमिट हाइड्रो योजना अघि बढाइने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL