Logo

नेपालमा ‘मे दिवश’को नारा, खाडीमा श्रम बेच्दै युवा, जनआन्दोलन पछि विदेशिए ४१ लाख

नेपालमा ‘मे दिवश’को नारा, खाडीमा श्रम बेच्दै युवा, जनआन्दोलन पछि विदेशिए ४१ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा तामझामका साथ ‘मे दिवश’ अर्थात अन्तरराष्ट्रिय श्रम दिवश मनाइरहँदा नेपाली युवाहरु भने आफ्नो अधिकार बञ्चित गर्दै खाडी तथा मलेशियामा पसिना बगाउन वाध्य भएका छन् । आईएलओ महासन्धी तथा आफ्नो हक अधिकारलाई टोकरीमा फाल्दै रोजगारदाता कम्पनीको चाहना अनुरुप काम गर्न वाध्य भएका छन् ।

आफ्नो हक अधिकारको सुनिश्चितता तथा रोजगारीको लागि देशमा विभिन्न आन्दोलन भएपनि त्यसको ठिक विपरित नेपाली युवाहरु वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढेको छ । जनताले आफ्नो शासन आफै गर्न पाउने, आफ्नो हक अधिकारको सुनिश्चितता, रोजगारी सिर्जनाको लागि देशमा गणतन्त्र ल्याएपनि त्यसयता युवाहरु रोजगारीबाट बञ्चित हुने क्रम झन् बढेको छ भने त्यसको फलस्वरुप उनीहरु वैदेशिक रोजगारीमा जाने क्रम उच्च रुपमा बढेको छ ।

नेपालमा गणतन्त्र आउनुभन्दा पहिला समान्य मात्रामा वैदेशिक रोजगारीमा जाने गरेकोमा त्यसयता उच्च रुपमा बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार हालसम्म ४७ लाख युवाहरु वैदेशिक रोजगारमा विभिन्न देश पुगेका छन् । तर अधिकारका नाममा देशमा गणतन्त्र आएपछि विदेशिने युवाको संख्या उच्च रहेको छ ।

आर्थिक वर्ष २०५०र५१ यता ४७ लाख युवा रोजगारीका लागि विदेश पलायन भएकोमा २०६२र ६३ को जनआन्दोलन यता ४१ लाख युवा विदेशीसकेका छन् । स्वदेशमै रोजगारी सिर्जना गरी देशलाई आर्थिक रुपमा सम्बृद्ध बनाउन आन्दोलनमा होमिएका युवा अन्तत विदेशी भुमीमा गएर श्रम बगाउन बाध्य भएका छन् । नेपालीहरु वैदेशिक रोजगारीमा ‘थ्रीडी’ (डट्री, डेन्जर र डिफिकल्ट) काम गर्न वाध्य भएका छन् । नेपालीहरु वैदेशिक रोजगारीमा गएर खतरा खालका काम गर्नु पर्ने भएकै कारण दैनिक २ देखि ३ जना कामदारको मृत्यु हुने गरेको छ ।

विभागको तथ्याङ्क अनुसार नेपालबाट कतार, मेलशिया, साउदी अरेबिया, युएई तथा कुबृतमा सबैभन्दा बढी कामदार रोजगारीका लागि पुगेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL