Logo

सामान्य बढ्यो रेमिट्यान्स आप्रवाह बृद्धिदर, ४ महिनामा भित्रियो २ खर्ब ३२ अर्ब

सामान्य बढ्यो रेमिट्यान्स आप्रवाह बृद्धिदर, ४ महिनामा भित्रियो २ खर्ब ३२ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्लो महिना ३ दशमलव २ प्रतिशतमा खुम्चिएको रेमिट्यान्स आप्रवाहको बृद्धिदर चौथो महिनामा आइपुग्दा सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा रेमिट्यान्स आप्रवाह बृद्धिदर सामान्य बढेर ७ दशमलव ८ प्रतिशतमा पुगेको छ ।

तथ्याङ्क अनुसार ४ महिनामा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ अर्बले बढी हो । गत आवको पहिलो ४ महिनामा रेमिट्यान्स बृद्धिदर १९ दमलव ४ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब रुपैयाँ भित्रिएको थियो ।

नेपाली कामदार विदेशीने क्रम घटेसँगै ओरालो लागोको रेमिट्यान्स आप्रवाहको बृद्धिदर चौथो महिनामा आईपुग्दा केही बढेको हो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २० प्रतिशतभन्दा बढीले घटेको छ । साथै, नेपाली कामदारको प्रमुख गन्तव्य मलेशिया तथा खाडीका केही मुलुकहरुमा समस्या आएपछि नेपाल भित्रने रेमिट्यान्स घटेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL