Logo

फागुनमा विदेशीए साढे ३५ हजार कामदार, गतबर्षको भन्दा १० हजार कम

फागुनमा विदेशीए साढे ३५ हजार कामदार, गतबर्षको भन्दा १० हजार कम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फाुगन महिनामा ३५ हजार ७ सय कामदार वैदेशिक रोजगारीमा गएका छन् । बैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुन महिनामाभन्दा चालू आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने क्रम १० हजारले घटेको छ । गत आवको सोही अवधिमा कुल ४४ हजार ४ सय कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुन महिनामा सवैभन्दा बढी कामदार साउदी अरवको रोजगारीमा गएका छन् । साउदीमा कुल १२ हजार ८ सय कामदार रोजगरीमा पुगेका छन् ।

यसैगरी, दोस्रो बढी कामदार कतारको रोजगारीमा गएका छन् । कतारमा ११ हजार ४ सय जनाभन्दा बढी कामदार रोजगारीमा पुगेका छन् । यसैगरी, संयुक्त अरव इमिरेट्समा ४ हजार ७ सयजान पुगेका छन् ।

नेपाली कामदारको मुख्य गन्तव्य बनेको मलेशिया भने चौथो स्थानमा झरेको छ । सरकारले ल्याएको फ्रि भिसा तथा फ्रि टिकट स्वास्थ्य व्यवसायीले ल्याएको वायोमेट्रिक प्रणालीका कारण नेपाली कामदार मलेशियाको रोजगारीमा जान सकेका छैनन् । यसैगरी, कुवेतको रोजगारीमा भने ७ सय २४ जना कामदार गएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL