Logo

नेपाली कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति, कामदारको लागत घट्ने

नेपाली कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति, कामदारको लागत घट्ने



काठमाडौं । सरकारले नेपाली कामदारलाई विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमवाली–२०७६ लाई संशोधन गर्दै कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो ।

यस अघि नेपाली कामदारहरु एक पटक रोजगारीमा गएर म्याद सकिएमा पुनः श्रम स्वीकृति लिनका लागि नेपालमै आउनुपर्ने बााध्यता थियो । वैदेशिक रोजगार नियमावलीसँगै अबमा दिन सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिने भएको छ ।

हाल मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भएर आएको र केही समयभित्रै यसलाई कार्यान्वयनमा ल्याइने मन्त्रालयले जानकरी दिएको छ । मन्त्रालयका अनुसार विदेशस्थित दूतावासबाट पुनः श्रम स्वीकृति लिनका लागि यस अघि जाँदा श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरेको भिसा, रोजगार करारपत्र, जीवन बीमा तथा कल्याणकारी कोषमा रकम भुक्तानी गर्नुपर्ने हुन्छ । साथै मन्त्रालयले जीवन बीमा तथा कल्याकारी कोषमा जम्मा गर्ने रकम पनि दूतावसबाटै लिईदिने भएको छ ।

विदेशस्थित दूतावासबाटै श्रम स्वीकृति दिँदा कामदारको लागत घट्नुका साथै उनीहरुको बीमाको ग्यारेन्टी हुनेछ । यसअघि नेपालमा आएर श्रम स्वीकृति लिँदा कामदारको हवाई टिकटलगायतका खर्च हूँदै आएको थियो । साथै कतिपय कामदारले पुनः श्रम स्वीकृति नलिई काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL