Logo

गत आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सिमित, चालु आवमा भने बढ्ने

गत आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सिमित, चालु आवमा भने बढ्ने



काठमाण्डौ । विश्व बैंकले गत आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशतमा सीमित हुने बताएको छ । बिहीबार आयोजित भिडियो कन्फ्रेन्समार्फत सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट २०२० मा गत बर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिएर १ दशमलव ८ प्रतिशतमा पुग्ने उल्लेख छ ।

विश्व बैंकले यसअघि नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि दुई दशमलत ८ प्रतिशतको बीचमा रहने दाबी गरेको थियो । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पारेकाले आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको विश्व बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ मा २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।

नेपालले २०७२ सालको भूकम्प पछिका आर्थिक वर्षमा औसतमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आएको थियो, तर कोरोनाका कारण गएको आर्थिक वर्ष भने नेपालको आर्थिक वृद्धिदर दुई दशमलव ३ प्रतिशतमा झर्ने सरकारले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरस, सलहको प्रकोप, प्राकृतिक प्रकोप लगायतका समस्याका कारण नेपालको आर्थिक वृद्धिदर खुम्चिएको जानकारी दिए । तर चालू आवमा भने ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL