Logo

राहत घोषणा र लकडाउन लम्ब्याउन मन्त्रिपरिषद् बैठक बस्दै, सरकारले यस्तो ल्याउँदै राहत प्याकेज

राहत घोषणा र लकडाउन लम्ब्याउन मन्त्रिपरिषद् बैठक बस्दै, सरकारले यस्तो ल्याउँदै राहत प्याकेज



काठमाडौं । सरकारले लकडाउन थप एकसाता लम्ब्याउने तयारी गरेको छ । आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपालमा बढेको कोरोनाको जोखिमलाई मध्येनजर गर्दै लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको सरकारले गएको मंगलबार चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गरिरहेको छ । लगातार थप पाँचौँ संक्रमित फेला परेपछि जोखिम न्यूनिकरण गर्न लकडाउन थप गर्न लागेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने पनि तयारी गरेको छ । बैङ्कको व्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुर बर्गलाई जीवन धान्न दिइने राहतको घोषणा पनि गर्ने तयारी सरकारको छ ।

सरकारले कृषि र उद्योग क्षेत्रलाई बचाउनका लागि राहतको विशेष प्याकेज ल्याउन लागेको समेत उक्त स्रोतले जानकारी दिएको छ । यसैगी जनतालाई कोरोना महामारीको समयमा राहत स्वरुप विद्युत महसुलमा २० देखि ४० प्रतिशतसम्म छुट दिन लागिएको छ ।

साथै सरकारले अत्यावश्यकीय मालसामान ढुवानीमा प्रयोग हुने इन्धनमा समेत छुट दिने तयारी गरिएको उक्त स्रोतले जानकारी दिएको छ ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ भने विश्वभर ६ लाख बढी संक्रमित छन् । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL