Logo

कोरोनाबाट ग्रसित विश्व अर्थतन्त्र जोगाउन विश्व बैंकले निकासा गर्यो १२ अर्ब डलर, यस्तो छ पैसा पाउने मापदण्ड

कोरोनाबाट ग्रसित विश्व अर्थतन्त्र जोगाउन विश्व बैंकले निकासा गर्यो १२ अर्ब डलर, यस्तो छ पैसा पाउने मापदण्ड



काठमाडौं । विश्व बैंकले विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव न्युनिकरण गर्न १२ अर्ब डलर निकासा गरेको छ । तत्काल विस्तार हुनेगरी हालै विश्व बैंकले विभिन्न देशका लागि उक्त रकम निकासा गरेको हो ।

laxmi

चीनको हुवेई प्रान्तस्थित वुहानबाट सुरु भएको कोरोना भाईरस विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ । यसबाट हुने स्वास्थ्य जोखिक र आर्थिक जोखिमलाई कम गर्न तत्काल लागु हुनेगरी विश्व बैंकले उक्त रकम विस्तार गरेको जानकारी दिएको छ ।

उक्त प्याकेजमार्फत विकसित देशहरुले कोरोनाविरुद्ध कदम चाल्न केही विभिन्न कार्यक्रमहरु गर्न सक्ने विश्व बैंकले जानकारी दिएको छ । विश्व बैंकका अनुसार कोरोना फैलिएका देशहरुले आफ्ना जनतालाई स्वास्थ्य सेवा समयमै दिन तथा स्वास्थ्य सेवाको पहूँच विस्तार गर्न सक्नेछन । यस्तै कोरोना संक्रमित राष्ट्रहरुले उक्त रकमार्फत विभिन्न नीजी क्षेत्रसँगको सहकार्यमा देशको अर्थतन्त्रलाई साविककै अवस्थामा फर्काउन सक्नेछन ।

उक्त रकम अन्तरराष्ट्रिय मुद्रा कोष, आईबीआरडी लगायतका निकायबाट संकलित र समन्वय गरेर जम्मा गरिएको हो ।

‘हामीले विकासशिल देशहरुमा कोरोनाका कारण हुने जोखिम न्युनिकरण गर्नका लागि तत्कालको प्याकेज ल्याएका हौं,’ विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासले भने, ‘यसले संक्रमित देशको अर्थतन्त्र, स्वास्थ्य अवस्था लगायत सबैलाई हेरेर सामान्य रुपमा फर्काउन मद्धत पुर्याउनेछ ।’

उक्त प्याकेजबापतको रकम कम आय भएका देशलाई कम व्याजदरमा अनुदान या ऋण अन्तरराष्ट्रिय विकास संघले दिनेछ भने ईन्टरनेशनल बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट (आईबीआरडी) ले मध्यम आय भएका राष्ट्रहरुलाई लोन दिनेछ । जसले गर्दा मानिसहरुले पाईरहेको रोजगार पनि गुम्ने खतराको अन्त्य हुने विश्व बैंकको बुझाई छ ।

हाल विश्वका ६० भन्दा बढी देशमा फैलिरहेको कोरोना भाईरसका कारण ३ हजारभन्दा बढीले ज्यान गुमाईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL