Logo

पुनः विज्ञ कोटामा राष्ट्रिय सभामा आउँदै डा. युवराज खतिवडा, अर्थमन्त्रीमा उनकै निरन्तरता !

पुनः विज्ञ कोटामा राष्ट्रिय सभामा आउँदै डा. युवराज खतिवडा, अर्थमन्त्रीमा उनकै निरन्तरता !



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा पुनः राष्ट्रिय सभाको सदस्य हुने भएका छन् । राष्ट्रिय सभाको सदस्यमा दुई बर्षीय चिठ्ठा परेका अर्थमन्त्री खतिवडाको पदावधि आगामी फागुन १९ मा सकिन लाग्दा पुनः सोही कोटामा मनोनित भएर आउने पक्का जस्तै भएको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।

संविधानत प्रधानमन्त्रीले ३ जना सदस्य राष्ट्रिय सभाका लागि सिफारिस गर्ने व्यवस्था छ । जसलाई राष्ट्रपतिले मनोनित गर्नेछन् । यहि व्यवस्थाको फाइदा उठाउँदै अर्थमन्त्री खतिवडा समयावधि सकिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पुनः मनोनित भएर आउन लागेका नेकपा स्रोतले बताएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासिला पात्रको रुपमा राष्ट्रिय सभामा मनोनित भएर अर्थमन्त्री बन्न सफल भएका खतिवडा अबका दिनमा राष्ट्रपति भण्डारीको जोडबलमा राष्ट्रियसभामा मनोनित हुन लागेका हुन् ।

‘संविधान अनुसार प्रधानमन्त्रीले मनोनित गर्ने ३ जनाको कोटामा अर्थमन्त्री डा. युवराज खतिवडालाई जसरी पनि ल्याउने तयारी भएको छ,’ नेकपा उच्च स्रोतले भन्यो, ‘उहाँ यस अघि प्रधानमन्त्री ओलीको विश्वासिला पात्रको रुपमा मनोनित भएकोमा अबका दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वासिला पात्रको रुपमा मनोनित भएर पुनः अर्थमन्त्री हुने लगभग सहमति भैसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL