Logo

आगामी आर्थिक संकट नै विश्वयुद्धको कारण बन्न सक्छ

आगामी आर्थिक संकट नै विश्वयुद्धको कारण बन्न सक्छ



काठमाडौं । अर्थशास्त्रीहरुका अनुसार सन २००८ मा आएको आर्थिक संकट फेरी नजिकिँदै छ । यसले वर्तमान सामाजिक आर्थिक तथा प्राविधिक संकटका कारण असमान आयको समय लम्बिने छ । साथै यसले वैश्विक द्धन्द सिर्जना गर्नेमा पनि अर्थशास्त्रीहरु द्धिमत छैनन ।

laxmi

सन २००८–०९ मा आएको विश्व आर्थिक संकटले त्यसबेलाका सरकारलाई उच्च समस्यामा पार्याे । साथै यो त्यसबेलाको प्रणालीगत पतनको कारण समेत बन्यो । नीति निर्माताहरुले विश्व अर्थतन्त्रलाई माथि उकास्न मौद्रिक प्रोत्साहन, शुन्य व्याजदर, मौद्रिक सहजता लगायतका उपायहरुको प्रयोग गरेका थिए ।

तर मौद्रिक प्रोत्साहन आर्थिक अवस्थालाई सहज पार्न त हो तर त्यसबेलाको आर्थिक संकटलाई भने यसले कुनै सकारात्मक असर पारेन । सिथिल अर्थव्यवस्थालाई निर्मुल पार्नका लागि त संरचनात्मक सुधार, श्रम तथा वित्तिय बजार, कर प्रणाली, शिक्षामा उचित नीति लगायतका आवश्यकताहरु पर्दछन ।

यसबेला आर्थिक पुनःसंरचना ल्याउन लागिपरेका नीति निर्माताहरु पनि अयोग्य ठहरिय र उनिहरु त कुनै राजनीतिक शक्तिमा आवद्ध भए । ईटाली देखि जर्मनीसम्म यसको पुनःसंरचना हुन लामो समय लाग्ने देखिन्छ । ग्रीस भने आफ्ना अन्तरराष्ट्रिय व्यापारमा सुधार ल्याउन लागिपरेको देखिन्छ । आफ्नो डुबेको टाउको पानीमाथि पार्न ग्रिस लागिपरेको अर्थशास्त्रीहरुको भनाई छ ।

केन्द्रिय बैंकहरुले तरलताको उचित विनियोजन नगर्नुले संरचनात्मक पुनःसंरचनामा कमि आएको हो । यसको सट्टा विश्वमा विभिन्न बस्तुहरुको मूल्य भने सन २००८ को तुलनामा बढ्न पुग्यो । एक वेबसाईटका अनुसार हाल अमेरिकाको घरको मूल्य सन २००६ को उच्च मूल्यको तुलनामा ८ प्रतिशतले बढी छ । यसका लागि स्टक मार्केट सहितको आय अनुपात पनि सन २००८ को उचित मूल्य र १९२९ को महामन्दीको तुलनामा उच्च छ ।

हालको मौद्रिक कसिलोपनले अर्थव्यवस्थाका कमजोरीहरुलाई देखाउँदछन । यसले बस्तु तथा सम्पत्तिको मूल्यमा आएका विभिन्न आरोह अवरोहहरुलाई समेत निस्तेज पार्दछ । हामीले माईक्रोईकोनोमिक दवाब बनाएका कारण यसले एक भयानक संकटक निम्त्याउने स्थिति देखाउँदछ । हामीहरुले विगत १ दशकदेखि अर्थव्यवस्थालाई स्थिर र उत्तेजित बनाउनका लागि कम व्याजदर, अपरम्परागत मौद्रिक नीतिहरुलाई प्रोत्साहन गरिरहेका छौं ।

हार्वर्ड विश्वविद्यालयका प्राडा बेन्जामिन फ्रिडमेनका अनुसार लामो समयसम्म चलेको आर्थिक संकटले विश्व स्तरिय द्धन्द समेत निम्त्याउने खतरा रहन्छ । यसले विश्वका विभिन्न देशहरुसँगको सत्रुता समेत बढाउन उत्तेजित गर्ने गर्दछ र द्धन्दको सुरुवात गर्दछ ।

अर्थशास्त्रीका अनुसार प्रथम विश्वयुद्ध द्धित्तिय विश्वयुद्धको कारण थियो तर विश्वयुद्धका लागि कुनै मानक कारण भने चाहिँदैन । बढ्दो असमानताले विश्वमा ठुलै युद्ध निम्त्याउने खतरा अर्थशास्त्रीहरुले देखेका छन ।

अर्थशास्त्री थोमस पिकेटीको अनुसन्धानमा अर्थतन्त्रमा आएको गम्भिर संकटले आय असमानाता निम्त्याउने उल्लेख छ । केही क्षणका लागि आय असमानता रह्यो भने त्यसलाई पुनर्जिवित तुल्याउन तथा पहिलेकै अवस्थामा ल्याउन मुस्किल हुने उनको भनाई छ । तर यसलाई सजिलो रुपमा भने लिन नहुने अर्थशास्त्रीहरुको तर्क छ ।

यस्तै हालको विश्व आर्थिक अवस्थाले सामाजिक अशान्ती, राजनीतिक ध्रुविकरण, उच्च बसाईसराई संकट, बढ्दो राष्ट्रप्रेम लगायतका विन्दुहरु नै आगामी विश्व द्धन्दको मुख्य विन्दु बन्न सक्दछन । यी सबै एक नीति पतन हुने बाटोका सिद्धान्तहरु हुन ।

मतदाताहरुमा उचित व्यक्ती चुन्ने खुवी भएपनि भावनात्मक रुपमा उनिहरुको मन जितेर आफ्नो समर्थक बनाउने परम्परा बढेको छ । यस्तै विश्वमा विभिन्न देशमा आपसी समझदारी भन्दा पनि मतभेद बढ्दो छ, बहुपक्षियता वृद्धि हुँदै गईरहेको छ । उदाहरणका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छुट्टै रवाफ जमाएका छन जसको कारण यमन र सिरियामा द्धन्द चर्किँदै गएको छ ।

यस्तो पृष्ठभुमी विरुद्ध हामीले खरो रुपमा उत्रिनु र यसलाई गम्भिर रुपमा लिनु आवश्यक देखिन्छ । जसले आर्थिक संकटका साथै सैनिक द्धन्द नचर्कियोस ।

प्रतिक्रिया दिनुहोस्
MBL