Logo

लखपति एक्स्प्रेस योजनाको विजेता घोषित, मोरङकी रुनाले पाईन १ लाख

लखपति एक्स्प्रेस योजनाको विजेता घोषित, मोरङकी रुनाले पाईन १ लाख



काठमाडौं । सिटी एक्स्प्रेसले आफ्नो लखपती एक्स्प्रेसको विजेता घोषणा गरेको छ । कम्पनीले उक्त योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनि बाट पैसा पठाई तेस्रो महिनाको १ लाख रुपैयाँको मासिक लक्कीड्र«मा परेकी मोरङकी रुना धिमाललाई विजेता घोषणा गरेको हो ।

उक्त उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सय रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार रुपैयाँ र २ जनाले १ लाख रुपैयाँ जितिसकेका कम्पनीले जानकारी दिएको छ ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बिच उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको हो ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २ सय रुपैयाँकोे मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा ३ जना विजेताहरुले १० हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १ लाख रुपैयाँ जित्न सक्ने योजना रहेको छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफरको १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म सम्म जित्न सक्ने छन । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL