Logo

एउटा कोठाबाट सुरु भएको जस्मिन पेन्टसको २५ बर्षे यात्रा : ४ सयलाई रोजगारी, बार्षिक ३ अर्बको कारोबार

एउटा कोठाबाट सुरु भएको जस्मिन पेन्टसको २५ बर्षे यात्रा : ४ सयलाई रोजगारी, बार्षिक ३ अर्बको कारोबार



काठमाडौं । सानो पूँजीबाट व्यवसाय सुरुवात गरेर कसरी ठूलो बन्न सकिन्छ भन्ने उदाहरण हुनसक्छ जस्मिन पेन्टस । आजभन्दा २५ बर्षअघि भाडाको एउटा कोठाबाट प्राइमर उत्पादन सुरु गरेको जस्मिन पेन्टस अहिले स्वदेशी पेन्टस उत्पादन कम्पनीमध्ये अग्रणी स्थानमा पर्छ ।

laxmi

थोरै लगानीमा पारिवारिक व्यवसायबाट सुरु गरेको जस्मिन पेन्ट स्थापनापश्चात अहिले आधा दर्जन कम्पनी खुलिसकेको छन् । जस्मिन पेन्टस उद्योग खुलेपछि जन्मिएको मनकामना ग्रूप अन्तरगत आधादर्जन कम्पनी खुलिसकेका छन् । ‘स्वदेशी मन स्वदेशी रङ’ भन्ने नारासहित खुलेको जस्मिन पेन्टसले आफुअन्तरगत विभिन्न ६ कम्पनी जन्माएको छ ।

जस्मिन पेन्टसको स्थापनासँगै मनकामना ग्रूप अन्तरतग जगदम्बा प्लाष्टिक, सन केमिकल्स, एभोकाडो इन्टरनेशन, टाटा मेटल एण्ड क्राफ्ट, दरबार फुड्स र समाज सेवाका लागि मिसिका फाउण्डेशनको स्थापना भएको मनकामना ग्रूपका अध्यक्ष तथा जस्मिन पेन्टसका प्रबन्ध निर्देशक लक्ष्मणप्रसाद अर्याल बताउँछन् ।

४ सयलाई रोजगारी

स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप आजभन्दा २५ बर्ष अघि अर्थात २०५१ पौष ६ गतेका दिन भाडाको एउटा कोठाबाट परिवारका सदस्यहरुले सुरु गरेको ब्यवसायले ४ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । बिभिन्न उतारचढाव र संघर्षसँग जुद्धै २५ वर्षमा आधा दर्जन कम्पनीमा फैलिएर देशकै स्थापित ब्यवसायिक समूहको रुपमा उभिन सफल हुनु गर्वको विषय भएको अर्याल सुनाउँछन् । ‘नेपाली मनको नेपाली रंग┌ को नारासँगै अघि बढेको कम्पनीले उच्च प्रविधिको प्रयोग गरी अन्तरराष्ट्रिय स्तरका नेपाल गुणस्तर चिन्ह प्राप्त उत्पादनहरु सहित नेपाली ग्राहकहरुको मन जित्न सफल भएको छ ।

बार्षिक ३ अर्बको कारोबार

आजभन्दा २५ बर्षअघि १० लाख रुपैयाँबाट सुरु भएको जस्मिन पेन्टस अहिले समूह व्यवसायको रुपमा फैलदै बार्षिक ३ अर्ब रुपैयाँको कारोबार गर्न थालेको छ । २५ बर्षको दौरानमा विभिन्न बाधा अबरोध पार गर्दै पछिल्लो समय पेन्टस, केमिलजस्ता क्षेत्रमा एक लिडिङ कम्पनीको रुपमा अघि बढन् सफल भएको अर्यालले जानकारी दिए । विभिन्न ५ कम्पनी स्थापना गरेर सफलता हात पारेको मनकामना ग्रूपले आफ्नो पछिल्लो कम्पनीको रुपमा दरबार फुड्स संचालनमा ल्याउन लागेको छ । जसबाट भुजा, दालमोठलगायतका खाद्य सामग्री उत्पादन हुनेछन् ।

रजत जयन्तीमा सामाजिक उत्तरदायित्व

कम्पनीले २५ औं बसन्त पार गरेको अवसरमा विभिन्न खालका सामाजिक कार्यहरु गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मानवसेवादेखि क्रिकेट मैदान निर्माणसम्मका लागि आर्थिक सहयोग गरेको छ । जसअन्तरगत विभिन्न सामाजिक काम गर्दै आएको मिसिका फाउण्डेशनलाई ५ लाख, आदर्श गृहका लागि ३ लाख ११ हजार १ सय ११, डा. महाविर पुनको नेशनल इनोभेसन सेन्टरलाई २ लाख ५५ हजार ५ सय ५५, मानव सेवा आश्रमलाई १ लाख ५५ हजार ५ सय ५५, स्पाइनल हस्पिटललाई ५ लाख र चितवनमा बन्न लागेको गौतमबुद्ध क्रिकेट मैदान निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १० लाख रुपैयाँ बराबरको निर्माण सामग्री दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL