Logo

कोराना सरकारी राहत : विद्युत महसुलमा २० प्रतशत छुट, मन्त्रिपरिषदमा प्रस्ताव लैजादै उर्जा मन्त्री

कोराना सरकारी राहत : विद्युत महसुलमा २० प्रतशत छुट, मन्त्रिपरिषदमा प्रस्ताव लैजादै उर्जा मन्त्री



काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकलाई चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बैठकले महसुल छुटका लागि मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

laxmi

उक्त बैठकले प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने निर्णय गरेको हो । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले घरायसी प्रयोजनको विद्युतको महसुलमा छुट दिने निर्णय भएको हो ।

सरकारले खाना पकाउने ग्यासको सट्टा विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नका लागि समेत उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विद्युतको माग घटेको र ग्यासको अभाव खड्कीईरहेको अवस्थामा यस्तो निर्णय गरिएको हो । बैठकले औद्योगिक ग्राहकलाई भने के गर्ने भनेर निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL