Logo

उद्योगमन्त्रीको उद्घोष, ‘उद्योगीलाई ज्वाईँको सम्मान दिनेछौं’

उद्योगमन्त्रीको उद्घोष, ‘उद्योगीलाई ज्वाईँको सम्मान दिनेछौं’



काठमाडौं । उद्योगमन्त्री मोतीलाल दुगडले उद्योगी व्यवसायीलाई ज्वाईँसरह सम्मान गर्ने बताएका छन । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिकोत्सवमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

पछिल्लो समय उद्योगीहरुले नै उद्योगको वातावरण विग्रिए भनिरहेको बेला उद्योग खोल्न नडराउन समेत उनले आह्वान गरेका छन । ‘हामी उद्योगीको पक्षमा छौं,’ उनले भने, ‘हामीले नीजी क्षेत्रलाई ज्वाईँ जसरी सेवा गर्न तयार छौं ।’

कार्यक्रममा बोल्दै उनले अब उद्योगीहरुले कुनैपनि उद्योधन्दा चलाउन घरबाटै अप्लाई गर्न मिल्नेगरी एप्स र सफ्टवेयर संचालनमा ल्याउने बताएका छन । व्यवसायीको मनोबल गिर्नबाट बचाउन आफुले हरदम काम गरिरहेको बताउँदै उनले अब एक हप्तामा सफ्टवेयरमार्फत काम हुनेगरी काम गर्न लागेको जानकारी दिएका छन ।

यस्तै उनले कुनै आर्थिक क्रियाकलापमा उद्योगीलाई लगेर थुन्ने काम ठिक नभएको बताएका छन । सबै उद्योगी खराब नहुने हुँदा सबैलाई एउटै दृष्टिले हेर्न नहुने उनको भनाई छ । पछिल्लो समय उब्जिएको पाम आयल निर्यातका लागि पनि कुटनितिक पहल गरिरहेको उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL