Logo

दक्षिण एसियाकै पहिलो क्रसबोर्डर अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन संचालन, नेपाल र भारतका प्रधानमन्त्रीले गरे यसरी उद्घाटन

दक्षिण एसियाकै पहिलो क्रसबोर्डर अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन संचालन, नेपाल र भारतका प्रधानमन्त्रीले गरे यसरी उद्घाटन



काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पाईपलाइनको संयुक्त उद्घाटन गरेका छन ।

laxmi

भारतको नयाँ दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उक्त पाईपलाईनको मंगलबार उद्घाटन गरेका हुन ।

उक्र क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्विच थिचेर औंपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै भारतको मोतिहारीबाट नेपालस्थित बाराको अमलेखगञ्जसम्म ६९ दशमलव ७ किलोमिटर पाईपलाईनमार्फत मंगलबार देखि नेपालमा डिजेल आउन सुरु गरेको हो ।

दक्षिण एसियामै पहिलो पटक नेपालमा क्रस बोर्डर पाईपलाईनमार्फत पेट्रोलियम पदार्थ आउन सुरु गरेको हो ।

२०६१ सालमा नेपाल र भारतबीच रक्सौल अमलेखगञ्ज पाइपलाइनको सम्झौता भए पनि निर्माण अलमलमा परेको थियो । आइओसीले रक्सौलको पेट्रोलियम डिपोलाई मोतिहारी सार्ने तयारी थालेपछि पाइपलाइन पनि मोतिहारीबाटै बनाइएको हो ।

भारत सरकारको ४ अर्ब ४० करोड रुपैयाँ सहयोगमा निर्मित पाइपलाइन मोतिहारीबाट ६९ किमी छ । जसमा नेपालतर्फ ३७ र भारततर्फ ३२ किलोमीटर पर्छ ।

यस्तै नेपाल आयल निगमको उक्त पाईपलाईनबाट हाल डिजेल मात्रै आएपनि आगामी दिनमा मट्टितेल, पेट्रोल र हवाई ईन्धन समेत ल्याउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL